उनी राई जातिका तर हिन्दु दर्शन अन्तर्गतको तन्त्र विधा (इन्द्रजाल)को अभ्यासकर्ता थिए । कुनै समय ढ्याङ्गुरेको चिहानघारीमा रातको समयमा डम्बरु, शङ्ख बजाउँदै बस्थे । सायद तान्त्रिक अभ्यास गर्थे उनी ।
यो कुरा , करिब २० वर्ष अघिको हो । अचम्मको कुरा, राति चकमन्न अँध्यारोमा ढ्याङ्गुरे डाँडामा शङ्ख र डम्बरु बज्ने गथ्र्यो । लगातार निक्कै दिन त्यसरी बजेपछि, स्थानीय बासिन्दाहरु बुझ्न भनी जाँदा त्यहाँ ठाकुरदासलाई भेटिएको थियो ।
एक दिन म पनि केही साथीहरुसँग गएको थिएँ ।
ढ्याङ्गुरेको मध्यभागमा कच्ची चिहान, त्यसमाथि उन्यूँ, उन्यूमाथि एक जना बस्न मिल्ने गरि ऊनको राडी विछ्याइएको थियो । छेऊमै एउटा झोला र एक फिट जति अग्लो फलामे चिम्टा गाडिएको थियो । तर मान्छे चाहिँ थिएनन् । सामानहरुको अवस्था हेर्दा कतै लुकेर बसे जस्तो लाग्थ्यो । खास रहस्य पत्ता लागेन । केही समय घुमेर त्यतिकै फर्कियौं ।
त्यसरी पछि पनि लगातार १५÷१६ दिन सम्म त्यो क्रम चलिरह्यो । डम्बरु र शङ्ख बजिरह्यो । सुन्दा सामान्य लाग्ने तर सोच्दा सामान्य कुरा थिएन त्यो । राति चकमन्न अँध्यारोमा जङ्गलबीच मसानघाटमा एक्लै बस्नु, सोच्दै डरले शरीरमा काँडा उम्रन्थ्यो । भनाई छ नी – डर लुकाउने ठाउँ हुँदैन ।
भूतप्रेत हुँदैन भन्नेहरु पनि मसानघाटमा रात बिताउँन सक्दैनन् । भूतप्रेत, मसान हुन्छ, हुन्न यकिन भन्न सकिएन । तै पनि सदियौंदेखि स्थापित एउटा मान्यताले मान्छेको मानसिकतालाई अहिलेसम्म तर्साइरहन्छ ।
हुन त ठाकुरदास साधारण व्यक्ति थिए । तर जीवन र जगतको रहस्य बुझ्ने दरिलो आकाङ्क्षा, उनमा अवश्य थियो । तन्त्र विद्या मार्फत मृतआत्मासँग कुरा गर्ने ज्ञान प्राप्त हुन्छ भनिन्छ । त्यही तन्त्र विद्याद्वारा आत्मा र परमात्माका कुरा बुझ्न चाहन्थे ठाकुरदास । मोक्ष प्राप्तिको खोजमा थिए उनी ।
मेरो दिवंगत हजुरबा र ठाकुरदासबीच चिनजान र मित्रता थियो । त्यसैले कहिलेकँही मेरा हजुरबालाई भेट्न आउनु हुन्थ्यो ।
एकदिन मेरा हजुरबाले सोध्नु भएछ–गुरु ! तपाईं ढ्याङ्गुरेमा राति–राति शङ्ख, डम्बरु बजाउँदै बस्नुभयो भन्छन् । किन पो त्यसरी बस्नुभयो ?
‘म त ढ्याङ्गुरेमा बस्दा दिउँसो चै जाडोले काम्दै थिएँ । तर राति त न्यानो गरी पो बस्थेँ ।’कसरी ?
‘किन भने रात परेपछि मेरो वरिपरि मृतआत्माहरु जम्मा भएर बस्थे । तिनीहरुको भीडले चिसो हावा छलिदिन्थ्यो । बुढाबुढी, युवायुवती, केटाकेटीहरुको मृत आत्माहरु जम्मा भएर मलाई मुक्तिको