शुक्रबार, १४ बैशाख, २०८१ 

ढ्याङ्गुरे डाँडाको मौलिकता। “म उभिएको पहाड” कथा संस्मरण कथा संग्रह क्रमसः

‘ढ्याङ्गुरे डाँडा’ इलामको माङसेबुङ गाउँपालिका वडा नं ६ र पाँचथरको मिक्लाजुङ गाउँपालिकाको वडा नं ५ को सीमानामा अवस्थित छ । यो डाँडा समुद्री सतहदेखि लगभग १९ सय मिटरको उचाइमा रहेको छ । ‘ढ्याङ्गुरे’ अर्को पर्यटकीय सम्भावना बोकेको डाँडा हो । यो डाँडा प्राकृतिक दृश्यावलोकनका लागि अत्यन्तै उपयुक्त स्थल पनि हो ।

कुनै जमानामा एक जना ढ्याङ्गुरे नामक मानिसले बसोबास गरेको हुनाले यस डाँडाको नाम ‘ढ्याङ्गुरे डाँडा’ रहन गएको बुढापाकाहरुको भनाइ रहेको छ । हरियो वन जङ्गलले ढाकेको छ, ढ्याङ्गुरे डाँडा । दमकको काख हुँदै बग्ने रतुवा खोला यहि डाँडाबाट सुरु हुन्छ । यहाँबाट उत्तरतिर हेर्दा सुन्दर हिमालहरुको दर्शन हुन्छ । दक्षिणतिर हेर्दा तराइका विशाल फाँटहरु, शान्त बगेको माई खोला अनि चुरेपर्वतका मनोरम दृश्यहरु देख्न सकिन्छ । यो डाँडाको शीरमा उभिएर कवि भूपि शेरचनको एउटा गीतको अन्तरा दिल खोलेर गाउन मन लाग्छ ।
‘एकातिर तराईको चारकोशे झाडी छ, अर्को तिर उच्च शीर ठूल्ठूला पहाड छ…..’

मन त्यसै आह्लादित हुन्छ । गर्व लाग्छ, नेपाली हुनुमा । अझ त्यही मनोरम धर्ती पहिलो पाइला राख्नुमा कति गौरव होला ।
पहाडी भेगको चिसो बतास । तिर्सना मेटिने कञ्चन पानी । साना र मझौला रुखबिरुवाको घनाजङ्गल । मन लोभ्याउने चियाबारी । ढ्याङ्गुरे डाँडालाई चिटिक्क पार्ने प्राकृतिक गहनाहरु यिनै हुन् । चारै दिशा जोड्ने महत्वपूर्ण बाटोहरुको केन्द्र । पूर्वी नेपालका विभिन्न भू–भागबाट भेडेटार, राँके, ताप्लेजुङ र ओलाङ्चुङ्गोला हुँदै चीनसम्म, त्यसैगरी गजुरमुखी, मंगलबारे, इलाम, फिक्कल र पशुपतिनगर हुँदै भारतसम्म पुग्न सकिन्छ । यी सडकहरुलाई व्यवस्थित गर्न सकियो भने निकट

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।