बिहिबार, ०६ बैशाख, २०८१ 

झाँक्रीलाई पछि पार्दै सरला यादव उपसभामुखमा नियुक्त

एमाले छाडेकी सरला यादव उपसभामुखमा नियुक्त

नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालले महत्वपूर्ण र शक्तिशाली मन्त्रालय मागेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड तनावमा परेका छन ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन शीर्ष नेताहरुको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले महत्वपूर्ण मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने दावी पेश गरेको स्रोतको भनाइ छ ।

भर्खर गठन भएको दल र त्यसमा पनि सबै सांसद मन्त्रीको आकांक्षी रहेको भन्दै अध्यक्ष नेपालले मन्त्रालयको संख्या बढाउन र महत्वपूर्ण मन्त्रालय आफूहरुले पाउनुपर्ने बताएका थिए ।

अध्यक्ष नेपालको कुरा सुनेपछि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड भने ‘अक्क न बक्क’ बनेको स्रोतको भनाइ छ । यसअघि नै मन्त्रालयबारेमा टुंगो लागिसकेको विषय भन्दै देउवाले पूर्ववत सहमतिमै अघि बढ्न आग्रह गरेका थिए ।

अध्यक्ष नेपाललाई अहिले मन्त्री कसलाई बनाउने भन्ने विषयमा धेरै दवाव छ । २८ जना नै सांसदले मन्त्रीका लागि चर्को दवाव दिन थालेकाले उनले सो दवाव देउवा र प्रचण्डसमक्ष राखेका हुन् ।

नेपालले गृह, भौतिक, परराष्ट्र, सञ्चार, उद्योग, कृषि, स्वास्थ्य, पर्यटन लगायतका मन्त्रालयमा दावी राखेका छन् ।

आफू वेटिङ प्राइमिनिस्टर भएको भन्दै नेता नेपालले २८ जना सांसद्लाई पालै पालो मन्त्री बनाउने आश्वासन दिएको एक सांसदले बताए । पार्टीका सबैजसो सांसद्ले सरकारमा जाने इच्छा देखाएपछि नेता नेपाललाई अप्ठेरो परेको छ । गठबन्धनमा आबद्ध दलहरूबीचको भागबन्डाबाट प्राप्त मन्त्रालय संख्या थोरै भएकाले समस्या आएको हो ।

एकीकृत समाजवादीको भागमा ६ देखि ७ वटासम्म मन्त्रालय पर्ने सम्भावना छ ।

नेता मुकुन्द न्यौपाने वा बेदुराम भूसालमध्ये एकजनाको नेतृत्वमा सरकारमा जाने सम्भावना छ । तर, दुवैको अडान यथावत् छ ।

सांसद्हरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन र कृष्णकुमार श्रेष्ठ जसरी पनि मन्त्री हुने दाउमा छन् ।

कतिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, बिना बुढाथोकी, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा ९पौड्याल०, सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसीले दाबी गरेका छन् ।

नेपालले भने सरला यादवलाई उपसभामुख बनाउने, केहीलाई प्रमुख सचेतक, संसदीय समितिको सभापति बनाएर एडजस्ट गर्ने रणनीति बनाएका छन् ।

स्रोतका अनुसार सरला यादवलाई उपसभामुख बनाउने तयारी छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।