बुधबार, १४ चैत, २०८० 

कोरोनाका कारण ‘कागे गोल्डकप’ बिर्सने चिन्ता

प्याङ (इलाम) : इलाममा फुटबल खेलबाट नाम चलेको सन्दकपुर गाउँपालिकाको जमुनामा यस वर्ष पनि ‘कागे गोल्डकप’ हुन नसके त्यसको महत्व घटेर जाने हो कि भन्ने चिन्ताले जमुनाबासीलाई दिनरात पिरोल्न थालेको छ ।

३५ वर्ष अघिदेखि अभिछिन्र रुपमा बर्सेनि तिहारमा आयोजना गरिने गोल्डकप विश्व महामारी कोरोनाको कारण अघिल्लो वर्ष हुन सकेन । यो वर्ष पनि कोरोना सदरमुकामदेखि गाउँको टोलटोलसम्म छिरेकाले ‘कागे गोल्डकप’ गर्न गाह्रो भईरहेको पूर्व खेलाडी उमेश गुरुङले बताए ।

यो वर्ष पनि खेल आयोजना गर्न सकिएन भने फुटबल खेलप्रेमी र दर्शकले बिस्तारै ‘कागे गोल्डकप’ कतै भुल्ने त होइन भन्ने कुराले जमुनाबासीलाई मात्र होइन, छिमेकी गाउँ पनि पिरोल्न थालेको छ ।

६ वर्ष अगाडीदेखि जमुनालाई चिनाउन फुटबल खेललाई खेल पर्यटनमा जोडेर खेल पर्यटनको माध्यमबाट ‘फुटबल खेलौं, रमाइलो ठाँउ घुमाउ’ भन्ने नारासँगै पर्यटकीय स्थलहरुको बारेमा सुचना दिने र जमुनाको मुख्य ठाँउहरु घुमाउने कार्यको थालनी सुरु गरेको थियो । यहि थालनीले फुटबलप्रतिको मोह सबै तिर छायो ।

इलामको ग्रामीण क्षेत्रमा लाखौं खर्च गरेर खेलाडीहरु आआफ्नो टिममा छोटो समयको लागि भएपनि अनुबन्ध गर्ने होडबाजीले ‘कागे गोल्डकप’ को महत्व धेरै चुलिन पुग्यो । यही कागेको खेल मैदानबाट बालक उमेरमा अरुले फुटबल खेलेको हेर्दै खेल कौशल सिकेका जमुनाका छिरिङ गुरुङ र दर्शन गुरुङले विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टिममा एकसाथ डेब्यु गरेपछि जमुना र कागे गोल्ड्कपको उचाई देशभरी छायो ।

जब छिरिङ र दर्शन गुरुङको गाउँ फुटबलले चिन्न पुग्यो तब उनीहरुको देनले जमुनाबासीलाई फुटबल खेलतर्फ अग्रसर गराउँदै जमुनामा ३२ रोपनी क्षेत्रफलमा अन्तरास्ट्रिय गजाधर धनमाया रंगशाला बनाउन जुटे हाल २ वर्षको अवधिमा ८० प्रतिशत काम सम्पन्न भएको छ ।

यहि रंगशालालाई केही दिनमा बालुवा लगाएर रोलरलेसम्म बनाएर कागे गोल्ड्कपलाई पुन जीवन दिन सदरमुकाम बाहिर लेभेन (११) साइट्को खेल खेलाउने योजनामा जमुना बासी जुटेका छन् ।

तर कोरोनाले फुटबल खेलाउन दिने हो कि होइन जमुना बासी यति बेला दोधारमा छ । स्थानीय ठाउँ हजारौं दर्शकको उपस्थिती हुने भएकोले ‘कागेको गोल्डकप’ हेर्न र मेला भर्न गाउँका स्थानीयहरु भदौ-असोजबाटै आर्थिक जोहो गर्ने गर्छन् ।

नयाँ बुलन्द आवाज इलामबाट

 

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।