भदौ १७, उदयपुर, उदयपुर त्रियुगा नगरपालिका ८ देउरी का बिरेन्द्र प्रसाद चौधरीको १४ बर्षीय निशान चौधरीको चट्याङ लागेर मृ,त्यु भएको छ । हिजो बेलुका ७ बजे घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अबिरल बर्षात सगै परेको चट्याङ लागी अचेत अवस्थामा रहेका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ९ बजे म,ृत्यु भएको थियो । घटनाको बारेमा थप अनुन्धान भईरहेको छ ।
यो पनि पढ्नुहोस्
प्रतिबन्धित औषधी सहित ६ जना पक्रा,उ परेका छन्
मोरङको उर्लाबारी र सिजुवामा प्रहरीले प्रतिबन्धित औषधी सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ८ स्थित रातोहोली बस्ने २७ बर्षीय अनिश श्रेष्ठ र २१ बर्षीय सुजन श्रेष्ठ रहेका छन् । हिजो बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुको घर कोठाबाट ट्रामा,डोल १५८ क्याप्सुल र स्वासपाइ,न १४ ट्याब,लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।
त्यस्तै रतुवामाई नगरपालिका २ घरुचौकबाट ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका १ का २१ बर्षीय माधव श्रेष्ठलाई नाइर्,ट्रा,ेभेट ६६० र कोरेक्स डिएक्,स १ बोतल लागूऔषध सहित पक्राउ गरेको छ भने सोही स्थानमा हिजै राती सँवा १० बजे सिमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नेपालतर्फ आउदै गरेको मे.१ ह. ३१७२ नम्बरको अटोलाई चेकजाँच गर्दा अटोमा लुकाई राखेको प्रतिबन्धित औषधी स्पा,स,पेन ५ सय ट्या,ब्लेट र ट्रा,मा,डोल १ हजार ट्या,ब्लेट बर,ाम,द गरी अटोमा सवार रहेका मोरङ उर्लाबारी ५ का २३ बर्षीय समिर मगर, झापा दमक १४ का २९ बर्षीय अब्दुल आमिर खान र उर्लाबारी ५ का २४ बर्षीय घनश्याम गुरुङलाई नि,यन्त्र,णमा लिई ईलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धा,न गरिरहेको छ ।