सोमबार, ०३ बैशाख, २०८१ 

अझै जुटेन सहमति पौडेल पक्ष सभापतिको उम्मेदवार घोषणा गर्ने तयारीमा

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुनै लाग्दा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । अहिलेसम्म दुईजनाले सभापति र एकजनाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

कांग्रेस महाधिवेशन शुक्रबार (१८ भदौ) बाट सुरु हुँदैछ । भदौभित्रै वडा र स्थानीय तहको अधिवेशन सक्ने गरी कांग्रेसले फेरि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी भइरहेका बेला धमाधम उम्मेदवारी घोषणा हुन थालेको हो ।

पार्टीका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलेर सभापतिमा लड्ने भन्दै उम्मेद्वारी घोषणा गरिसकेका छन्। केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले बुधवार पत्रकार सम्मेलन गरी सभापतिमा लड्ने घोषणा गरे। उनी आजदेखि जिल्ला दौडाहामा हिँडेका छन् । नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्न दबाब दिनकै लागि आफूले सभापतिमा उम्मेदवारी घोषणा गरेको गुरुङ बताउँछन् ।

कांग्रेस युवा नेता गगन थापाले फेरि एकपटक महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए ।

सभापति शेरबहादुर देउवा पुनः दोहोरिने चर्चा चलेको छ । तर, उनले कतै पनि सभापतिमा उठ्ने औपचारिक घोषणा गरेका छैनन् । देउवा खेमाबाटै निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । नेता गोपालमान श्रेष्ठले पनि उम्मेदवारी दिने बताउँदै आएका छन् ।

यही क्रममा संस्थापनइतर समूहले आज सभापतिको उम्मेदवार घोषणा गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे पत्रकार सम्मेलन गरी सभापतिको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ ।

संस्थापनइतर समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह, सुजाता कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी सभापतिका आकांक्षी छन् । तर, धेरै नेता सभापतिका आकांक्षी भएकाले आजै सहमति नजुट्ने पौडेल पक्षका एक केन्द्रीय सदस्यले बताए ।

‘फेरि पनि वर्तमान सभापति देउवा दोहोरिन चाहेकाले इतर पक्ष एकढिक्का हुनुपर्ने देखिएको छ र एकता कायमै छ भन्ने सन्देश दिनुपर्ने भएकाले सकेसम्म विवादरहित ढंगले सभापति उम्मेदवार घोषणा गर्न लागिएको छ,’ ती नेताले भने ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।