मङ्गलबार, १३ चैत, २०८० 

प्रतिभा रानी डन के गर्दै छिन्

 

सन् २०१९ मा मिस टिनको उपाधी जितेकी प्रतिमा रानी राई पछिल्लो समय टिकटकमा चर्चित बनिन् । टिकटकको लोकप्रियता पछि केहि संचार माध्यममा उनको अन्तवार्ता छायो ।

चर्चित बन्नलाई छोटा लुगा लगाउँनै पर्छ, ग्लामरस लुक्स दिनै पर्छ भन्ने मान्यता उनले तोडिन भन्दा हुन्छ । सोलुखुम्बुमा जन्मे हुर्केकी उनी हाल काठमाण्डौमा बस्छीन् । गहुँगोरो बर्ण, लाम्चो बाटुलो अनुहार, ठुला चिम्सा आँखा र मुसुक्क हास्दा डिम्पल पर्ने आँखा उनको मुख्य आकर्षणको केन्द्र विन्दु हो । त्यो भन्दा उनले टिकटकमा प्रयोग गर्ने छोटा चोटिला शब्दबाडले हुरुक्कै बनाउँछ । हो त्यहि कुराको फ्यान फलोवर्स छन् उनका । उनको डाइलकमा टिकटक बनाउँने ड्वोइट गर्नेको संख्या कम छैन ।

 

प्रतिभारानीराईडन टिकटक एकाउन्टमा उनले मात्रै १ सय ५५ फलो दिएकी छिन । ४ लाख ४८ हजार ७ सय जना उनको फलोवर्स छन् । ३१.९ मिलियनले उनका भिडियोमा लाईक गरेका छन् ।

‘म नी आफैलाई विर्षन सक्छु तर हरेक पाइलामा साथ दिने तिमीलाई कहिले विर्षन सक्दिन । मेरो जुत्ता एएए..’ यो उनले एकदिन अघि पोष्ट गरेको टिकटक हो । जसलाई लाखौले हेरेका छन् । हजारौले लाईक गरेका छन् । उनको मन छुने विषय यहि हो । दर्शकको मनमा खुल्दुली मच्चाउँने र फुस्स बनाईदिने ।

प्रतिभा टिकटकमा त अब्बल छिन् । उनको अर्को क्षमता पनि उनको – र्याप हान्ने । ‘उठ्दै छु । हिड्दै छु । जिन्दगीको पथमा’ र्याप गाएकी छिन् ।

 

‘कसम यस्तो हान्न मन लाग्छ नी.. मेरो माया नदेख्दा ।’

‘ अरे यार आफ्नो मान्छेसंग त होनी रिसाउने फकाउने, अन्जानले त धक्कै दिए पनि सरी बाहेक केही निस्किदैन ।’

‘ओई.. चिनीले मुख धुन्छौ कि के हो? के मिठो मुस्कान हौ ।’

‘लुगा होर च्यातियो भन्दैमा सिलाएर फेरि लाउनलाई, विश्वास हो, एकचोटी च्यातिएपछि मेरो अगाडि फेरी हास्दै नआउँनु, चिन्दिन नी म फेरि ।’ यस्ताखाले छोटा मनछुने लाईनहरुको एउटा नमुना संग्रह नै भन्दा हुन्छ – उनको टिकटक एकाउन्ट ।

नामै प्रतिभा हो । उनका प्रतिभाका पाटाहरु धेरै छन् । केहि म्यूजिक भिडियोमा मोडलिङ गर्न पनि भ्याई सकेकी छिन् उनले । गायन र नृत्यमा पनि उनको दख्खल राख्छिन् ।

भरखरै १९ वर्ष लागेकी, उनको हाईट ५.३ छ । हेर्दा सादा जीवन विताई रहेकी रानी डनको एटिच्युट डन जस्तै लाग्छ । उनको एक बोल्ड अवतार हेर्दा जति देखिन्छ । मनको पनि बोल्ड छिन् । आफ्नो श्रीमान कस्तो होस? भन्ने प्रसङ्गमा उनले भनिन् । काधमा काध मिलाएर अघि बड्ने हो कोहि पनि कसैको पन्जा भित्र बस्नु नपरोस् ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।