नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आज ९बुधबार० विभिन्न २ वटा कम्पनीको सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १९।००५६ प्रतिशत बोनस बापतको १५ लाख ६ हजार ६ दशमलव १६ कित्ता सेयर सूचिकृत भएको हो ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाईचुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त लाभांश चैत्र ११ गते, बुधबार, अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा सम्पन्न भएको संस्थाको उन्नाइसौँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।
त्यसैगरी, नागरिक लगानी कोषको ९ प्रतिशत बोनस बापतको २७ लाख कित्ता सेयर सूचिकृत भएको हो ।
कोषले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कोषका सेयरधनीहरूलाई चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८।८९४७ प्रतिशत नगद गरि कूल १७।८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।