शनिबार, ०१ बैशाख, २०८१ 

वाणिज्य संघद्धारा अपाङ्गता भएका ब्यक्तिलाई राहत

 

बिर्तामोड, भदौ १५ बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड–३ का अपाङ्गता भएका २५परिवरलाई राहत वितरण गरेको छ । कोरोना कहरका कारण आर्थिक समस्यामा परेका अपाङ्गता भएका ब्यक्तिलाई राहत वितरण गरिएको बताइएको छ ।

लामो समयको निषेधाज्ञाका कारण आर्थिक समस्याभएपछि अपाङ्गता भएका ब्यक्तिहरु मारमा परेको भन्दै सहयोग गरिदिन सबैसंग आग्रह गरेका थिए । उनीहरुको आग्रहलाई ध्यान दिदैं बिर्तामोड उद्योग वाणिज्य संघले अपाङ्गता भएका व्यक्तिहरुलाई मंगलबार एक कार्यक्रमका बीच खाद्यान्न वितरण गरेको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका निर्वमान अध्यक्ष कुमार भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य जीवन खड्का, गुञ्जन प्रसाई, राधिका चुडाल,अपाङगता स्वालम्वन संस्थाका अध्यक्ष दिपक थापा, हरि अधिकारी लगायतको आतित्थ्य रहेको थियो ।

कार्यक्रममा बिर्तामोड–३ का २५ परिवारलाई राहत वितरण गरिएको हो । चामल, दाल, तेल लगायतका खाद्यन्न सहयोग गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडाध्यक्ष भोजराज सिटौलाले बिर्तामोड उद्योग वाणिज्य संघले अत्यन्त राम्रो काम गरेको भन्दै प्रशंसा गरे । वाणिज्य संंघका निर्वमान अध्यक्ष प्रकाश शिवाकोटीले वाणिज्य संघ सबैसंग हातेमालो गरेर अघि बढ्न तयार रहेको उल्लेख गर्दै समस्यामा परेकाहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । वाणिज्य संंघका निर्वमान अध्यक्ष कुमार भट्टराईले संवाद समूहले आयोजना गरेको कार्यक्रममा झापाका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरु समस्यामा परेको बताएपछि विभिन्न संघ, संस्थाहरुले हरेक वडामा गएर राहत वितरण गरिरहेको र बिर्तामोडका १० वटै वडामा राहत वितरण गरिने जानकारी दिए ।

औचित्यमाथि वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले प्रकाश पारेको कार्यक्रमको सञ्चालन महिला उपाध्यक्ष नैनाकला भट्टराईले गरेकी थिइन् ।

यसैबीच मंगलबारका नै छठ समाज सेवा समीति बिर्तामोड र सुनचाँदी व्यावसायी संघले संयुक्त रुपमा बिर्तामोड नगरपालिका–१ र २ मा अपाङ्गता भएका १५ परिवारलाई राहत वितरण गरेको छ । लकडाउनको समयमा जिविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएको जानकारी प्राप्त भएपछि दुवै संस्थाले राहत उपलब्ध गराएको हो ।

छठ समाजका वरिष्ठ उपाध्यक्षः रामेश्वर द्विवेदीको सभापतित्व एवम् बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिजय संघका अध्यक्षः प्रकाश सिवाकोटी ,निवर्तमान अध्यक्ष कुमार भट्टराई,वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने ,उधोग उपाध्यक्ष एवम् प्रवक्ता सञ्जिव घिमिरे, सुनचाँदी व्यावसायी संघका उपाध्यक्ष बाबुराम विश्वकर्मा, कोषाध्यक्ष बिजय श्राफ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत सुनचाँदी व्यवसायी संघका वरिष्ठ सदस्य रमेश बराइलीले गरेको कार्यक्रमको सञ्चालन छठ समाजका सेवा समितीका महासचिव मनोज रौनियारले गरेका थिए । यसअघि सोमबार वीरता लेडी जेसीजले बिर्तामोड–४ का १५ परिवारलाई खाद्यन्न सामग्री वितरण गरेको थियो ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।