शुक्रबार, १६ चैत, २०८० 

जनमुखी सहकारीको बार्षिक प्रतिवेदन सार्वजनिक

दमक । २०५५ साल देखि दमकबाट प्रारम्भ भएको जनमुखी सहकारी संस्था २२औं बर्ष प्रवेशमा प्रवेश गरेको छ । विगत वर्ष झैं बार्षिक साधारण सभा प्रत्येक भदौं १५ गते गर्ने गरिएता पनि यो बर्ष विश्व नै कोरोना भाइरस (कोभिड–१९)को कारण सामुहिक रुपमा भेला भएर कुनै पनि सभा, गोष्ठी, सम्मेलन गर्न नसक्ने परिस्थितिलाई मध्यनजर गर्दै भदौं २७ गते देखि ३१ गतेसम्म सामाजिक दुरी कायम गर्दै आफ्ना शेयर सदस्यहरुलाई बार्षिक प्रतिवेदन वितरण गरेको छ ।

यस सहकारीले आर्थिक बर्ष ०७६/०७७ मा ५९६ जना शेयर सदस्य कायम गर्दै शेयर पुँजी ३ करोड ३ लाख ८३ हजार ८०० पु¥याएको छ । त्यसै गरी गत बर्ष १७ करोड २ लाख ६१ हजार ३ सय १५ रुपैयाँ वचत तथा निक्षेप संकलन गरेको यस संस्थाले १८ करोड ९५ हजार २ रुपैयाँ ऋण लगानी प्रवाह गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

यस संस्थाले भदौं ३१ गते भित्रमा सबै शेयर सदस्यहरुको हातमा बार्षिक प्रतिवेदन पु¥याउँदै सल्लाह, सुझाव भए ३१ गते नै सुनुवाई गर्दै प्रवेदन पास गराउने अध्यक्ष घनेन्द्रराज योङ्याले बताएका छन् ।

संस्थाले आगामी ०७७/०७८ मा नेपाल सरकारको स्वरोजगार कोषबाट रकम भित्रयाउने रे शेयर सदस्यहरुलाई शुलभ ब्याजदरमा ऋण प्रवाह मार्फत स्वरोजगार कार्यक्रम संचालन गर्ने जनाएको छ । शेयरसदस्यहरुलाई आर्थिक कारोबार गर्न सजिलो गराउनको निमित्त विभिन्न रेमिटेन्सहरु सुचारु राख्ने । विभिन्न वचत शिर्षकका उत्कृष्ट वचत कर्ताहरुलाई पुरस्कृत गर्ने साथै ज्येष्ठ सदस्यहरुलाई सम्मान कार्यक्रम संचालन गर्ने बताइएको छ ।

सहकारीमा दिर्घकालीन वचत योजना अन्तर्गत “१० बर्ष लगानी १०सैं बर्ष आम्दानी” जस्ता योजना ल्याएको जनाएको छ । क्रमिक वचत र स्वास्थ्य सुरक्षा बचत जस्ता योजनाहरुलाई निरन्तरता दिई १६ देखि ४५ बर्षसम्मकालाई १५ बर्षमा, ४६ देखि ६० बर्षकालाई १० बर्ष र ६१ देखि ७० बर्षकालाई ५ बर्षमा फिर्ता गर्ने जनाएको छ ।

संस्थाले विपद राहत कोष अन्तर्गत शेयर सदस्यको मृत्यु भएमा १५ हजार, दुर्घटनामा अंगभङ्ग भई अस्पताल बस्नु परे १० हजार, क्यान्सर, मुटु शल्याक्रिया, मृगौला प्रत्यारोपण जस्ता उपचार गर्नु परे १० हजार, बाढी पहिरो आगलागी हावाहुरी चट्याङ्गमा घरबार विहिन भएमा १० हजार र सर्पले टोकेर उपचार गर्नु परेमा ५ हजार राहत दिने जनाएको छ ।
यस सहकारीले आगामी आर्थिक बर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम अन्तर्गत शेयर पुँजी ३ करोड १० लाख पु¥याउने, निक्षेप संकलन ३१ करोड उठाउने, निक्षेप फिर्ता ३० करोड गर्ने, ऋण लगानी १४ करोड गर्ने र ऋण असुली ११ करोड उठाउने लक्ष्य लिएको जनाएको छ ।

 

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।