दमक। राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको कमल गाँउपालिकामा संगठन विस्तार तीव्र वनाएको छ । पार्टीले आज कमल ५ स्थित पाथीभरा चौंकमा कार्यकर्ताहरुको सम्पन्न भेलाले वडा समितिसहित प्रतिनिधिहरु समेत गठन गरेको छ ।
भेलाले खड्ग बहादुर श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय पार्टीको वडा समिति गठन गरिएको हो । गठित समितिको उपाध्यक्षद्धयमा अम्बर वहादुर कार्की,मिन बहादुर भण्डारी, सचिवमा डिल्ली उप्रेती,सहसचिव जानुका बुढाथोकी विष्ट र कोषाध्यक्षमा विमला नेपाल चुनिएका छन् । यस्तै सदस्यहरुमा सन्तोष कुइकेल,मुक्ति गौतम,तुलाराम कार्की,उर्मिला पोखेल,शरण भारती,बृख बहादुर दर्जी,प्रेमबहादुर लामिछाने,खेम भट्टराई र भानुभक्त नेपाल रहेका छन् ।
यस्तै भेलाले भक्ति नेपाल ,दिपक खरेल,सन्तकुमार राई,कुमार भण्डारी,युवराज खड्का,डुकमाया निरौला,विरेन्द्रकुमार सुव्वा र घनश्याम बस्नेतलाई प्रतिनिधिका रुपमा चयन गरेको छ । यसैगरि महिला प्रतिनिधितर्फ तारा बस्नेत, सरिता नेपाली र दिपा पाठक चयन भएको पार्टीले जनाएको छ ।
सोहि भेलाले युवक प्रतिनिधितर्फ सञ्जय कुमाल,नविन लामिछाने,भिम कार्की ललित श्रेष्ठ रहेका छन् । पार्टीले संगठन सुढिढकरण अन्तर्गत कमलको वडा नम्बर ६ मा भदौ २७ , वडा नम्बर ७ मा ३१ गते ,वडा नम्बर २ मा ३ असोजमा र १ वडामा ७ असोजमा भेला गरि अबिधेशन सम्पन्न गरिने पार्टीको कमल गाँउ परिचालन समितिका संयोजक दिपक खरेलले वताएका छन् ।