चुलाचुली।चुलाचुली १ का कोरोना भाईरस (कोभिड–१९) चुलाचुलीमा १ को एक जनामा पोजेटिभ संक्रमित पुष्टि भएसँगै सिल गरिएको छ ।
चुलाचुली वन वातावरण तथा विपत व्यवस्थापन समितिको आकस्मिक बैठक बसि चुलाचुली १ स्थिति पूर्वमा दाहाल खोल्सी, पश्चिममा विसाउनी खोल्सी, उत्तरमा चुलाचुली मार्ग र दक्षिणमा कृषि मार्ग यि चार किल्ला भित्र कन्ट्याक टे«सिङ् आधारमा पिसिआर रिपोर्ट नआएसम्मको लागि आजबाट सिल गरेको जनाएकाे छ ।
त्यसैगरी चुलाचुली गाउँपालिकाले भदौं १४ देखि २१ गतेसम्म गरेको लकडाउनलाई पुनः एक हप्ता बढाई आगामी भदौं २६ गतेसम्म थप गरेको छ । उक्त समयमा अत्सयावश्यक काम बाहेकको सबै सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताएका छन् ।![](http://limbuwankhabar.com/wp-content/uploads/2020/09/118794543_1654414268059330_6255465803042347722_o-1-206x300.jpg)
![](http://limbuwankhabar.com/wp-content/uploads/2020/09/118803806_1654416954725728_4257403358158856980_o-210x300.jpg)