सोमबार, १० बैशाख, २०८१ 

माेटरसाइकलमा राखी पछाडिबाट घांटी रेटी हत्या (गोमनसिंह हत्या प्रकरण)

बेलुकाको हावा खाई फ्रेस हुन सताक्षीधाम मन्दिरतर्फ जाऔ भन्दै लिम्बु सोही मोटरसाइकलको पछाडी  बसी मोटरसाईकल बिस्तारै चलाउन लगाई झिलझिले बाट १ कि.मी उत्तर पुगेपछि मोटरसाइकल चलाएकै अवस्थामा पछाडीबाट धारिलो हतियारले हानेर लडाएको प्रहरीले जनाएको छ । मगर मोटरसाइल सहित सडकमा लडेपछि गर्धनमा काटी हत्या गरेको लिम्बुले प्रहरी समक्ष बयान दिएका हुन् ।

हत्याकाे अभियुक्त भनिएका मनकुमार लिम्बु

शिवसताक्षी, झापा। झापा शिवसताक्षी न.पा. ११ निवासी २९ वर्षीय गोमनसिंह मगरको हत्या उनकै साथी मनकुमार लिम्बुले गरेको प्रहरीले  सार्वजनिक गरेको छ ।

शिवसताक्षीको झिलझिले उत्तर सताक्षीधाम जाने बाटोमा शिवसताक्षी ८ निवासी ३२ वर्षीय मनकुमार लिम्बुले हत्या गरेको जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरको हो ।  हत्या भएकै दिन  लिम्बुलाई प्रहरीले पक्राउ गिर अनुसन्धान गरि रहेको थियो ।

                                                           मगरको हत्यामा प्रयोग गरिएको  सामाग्री खोजी गरिँदै

मंगलबार बेलुका ६ ः३० बजे लिम्बुले फोन गरी मगरलाई भेट्न बोलाएको थिए । गोमनसिंह सोही समयमा (प्रदेश ०१–०१०१२ प ५२२५ नं.०) मोटरसाइकल लिएर घरबाट निकिस्कएक हुन् ।

बेलुकाको हावा खाई फ्रेस हुन सताक्षीधाम मन्दिरतर्फ जाऔ भन्दै लिम्बु सोही मोटरसाइकलको पछाडी  बसी मोटरसाईकल बिस्तारै चलाउन लगाई झिलझिले बाट १ कि.मी उत्तर पुगेपछि मोटरसाइकल चलाएकै अवस्थामा पछाडीबाट धारिलो हतियारले हानेर लडाएको प्रहरीले जनाएको छ ।

अभियुक्तले प्रयाेग गरेका छुरी र माेवाइल

मगर मोटरसाइल सहित सडकमा लडेपछि गर्धनमा काटी हत्या गरेको लिम्बुले प्रहरी समक्ष बयान दिएका हुन् । मगरले चलाएको मोटरसाईकललाई कोही कसैले नदेखोस भनी सडक देखि पुर्वपट्टी जंगलमा लगेर लडाई दिई पुनः मगरको गर्धनमा हतियार प्रहार गरी नालीमा फालेको अनुसन्धानबाट पुष्टि भएको हो ।

शवकाे प्रारभ्मीक अनुसन्धान गर्दै प्रहरी

मगरको रतुवामाई बन क्षेत्र भित्र सताक्षीधाम जाने बाटोमा घाँटी रेटी हत्या गरिएको अवस्थामा बुधबार शब्  फेला परेको थियो ।

प्रहरी बयानमा मगर र लिम्बूले प्रयोग गरेको शुक्रबार दुईवटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा भेटिएको थियो।

प्रहरीकोे प्रारम्भिक अनुसन्धानबाट निजहरु विच भएको आर्थिक लेनदेन कारोबारमा असमझदारी भई बढेको मनमुटाबका कारण घटना घटेको जनाएको छ ।

लिम्बु र मगर बराइन बस्दा मिल्ने साथी हुन् । उनीहरु केही समय अघि नेपाल फर्किएका थिए ।

                       मगरको  प्रयाेग गरेकाे मोटरसाइकल

थप अनुसन्धान गर्न पक्राउ परेका अभियुक्त मन कुमार लिम्बुलाई आइतबार सम्मानित झापा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिने तयारी भईरहेको छ ।

निजले गरेको कसुर मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ काे ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिमको कसुर रहेकोले यस्तो कसुर गर्नेलाई सोही ऐनको सोही दफा बमोजिम जन्म कैदसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।