आइतबार, ०२ बैशाख, २०८१ 

दोस्रो लहरकै कम संक्रमण, अस्पतालमा बिरामी घट्दै

 

१३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या दोस्रो लहरकै सबैभन्दा कम बिन्दु १ हजार ३८८ मा आइपुगेको छ । यसअघि दोस्रो लहरको कम संक्रमण असार २० गते १ हजार ६०३ जनामा देखिएको थियो ।

तर आइतबार असार २० गतेको भन्दा २१५ जना कम संक्रमित भेटिएका हुन् । आइतबार १० हजार २९७ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा १ हजार ३८८ जनामा संक्रमण पुष्टि भएको छ । असार २० गते ८ हजार १३२ नमुना परीक्षण गर्दा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको थियो । असार २० गतेको संक्रमणदर १९.७१ थियो भने आइतबार १३.४८ प्रतिशत मात्र छ ।

चैत दोस्रो हप्तादेखि शुरु भएको कोरोना संक्रमणको दोस्रो लहरमा सबैभन्दा बढी वैशाख २८ गते २१ हजार ३१६ नमुना परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यतिबेला संक्रमण दर ४४.४९ प्रतिशत थियो ।

 

त्रिवि शिक्षण अस्पतालमा भने संक्रमितको चाप पहिले जस्तै रहेको अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बम बताउँछन् । उनका अनुसार अस्पतालमा दिनमा १५ जना संक्रमित भर्ना हुने गरेका छन् ।

पछिल्लो समय पहाडी जिल्लाबाट रेफर भएर आउने संक्रमितको संख्या बढ्दो रहेको उनले बताए । ‘सिन्धुपाल्चोक, काभ्रे, दोलखा, खोटाङ, गोर्खा, सोलु, रसुवा लगायतका पहाडी जिल्लाका अस्पतालबाट रेफर भएर आउने संक्रमित धेरै छन्,’ उनले भने ।

निजी अस्पतालबाट पनि आईसीयू बेडको खोजीमा धेरै बिरामी आउने गरेको उनी बताउँछन् । निजीमा उपचार गराउँदा बढी खर्चिलो हुने भएका कारण बिरामीहरु सरकारीमा आउने गरेको उनको भनाइ छ ।

आईसीयू र भेन्टिलेटरमा कति संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार भदौ १ गतेयता देशभरका अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार गराउने संक्रमितको संख्या घट्दो क्रम रहेको छ ।

भदौ १ गते आईसीयूमा ७९० जना उपचाररत छँदा भेन्टिलेटरमा १९१ जना थिए । आइतबार आईसीयूमा उपचाररत संक्रमितको संख्या ६२५ जना छ । भेन्टिलेटरमा उपचाररत् संक्रमितको संख्या पनि भदौ १ गते १९१ रहेकामा घटेर आइतबार १६७ मा झरेको छ ।

मन्त्रालयका अनुसार आइतबार सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ । जसमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा र ३ हजार ५२ जना संस्थागत आइसोलेसनमा छन् । आइतबार कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार २६० छ भने मृतक संख्या २४ रहेको छ ।

संक्रमण घटेकै हो त ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल एकै दिनको तथ्यांकलाई हेरेर संक्रमण घट्यो भन्न नमिल्ने बताउँछन् ।

‘अन्य दिनको तुलनामा पछिल्लो २४ घण्टामा संक्रमण कम पुष्टि भएको छ । यसलाई सकारात्मक मान्नुपर्छ । तर यही तथ्यांकलाई हेरेर संक्रमण घट्यो भन्ने बेला आएको छैन,’ डा. पौडेलले भने । उनले अस्पतालहरुमा बेड नपाउने अवस्था भने अहिले नरहेको बताए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।