बिहिबार, २७ भदौ, २०८१ 

८ जना नेपालीलाई काबुलबाट उद्धार गरियो, ३४ जना पर्खाइमा

काठमाडौँ– राजनीतिक संकटमा फसेको अफगानिस्तानबाट शनिबार थप ८ जना नेपालीको उद्धार गरिएको छ । उद्धारका लागि ४२ जना नेपालीहरु काबुल विमानस्थल नजिकै राखिएकोमा ती मध्ये ८ जनालाई अफगानिस्तानबाट बाहिर निकालिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको छ। उद्धार हुनेक्रममा थप ८ जना नेपाली नागरिकहरू काबुलबाट प्रस्थान हुनु भएको छ।’ उनीहरुलाई उद्धार गरेर कहाँ पुर्याइयो भन्ने विषयमा भने परराष्ट्रले केही खुलाएको छैन ।

मंगलबार परराष्ट्र मन्त्रालयले काबुल विमानस्थल नजिकै ४२ जना नेपालीलाई उद्धारका लागि राखिएको जनाएको थियो । विहीबार काबुल विमानस्थल बाहिर दुईवटा आत्मघाति बम वि,स्फो,ट भएपछि उनीहरुको उद्धारमा समस्या भएको थियो । काबुल आ,क्र,म.ण.मा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा १७० जनाको मृ,त्यु भएको छ । नेपालीहरु पनि उद्धारका लागि विमानस्थल नजिकै रहेका बेला सो आत्मघाति आ,क्र,म,ण भएको थियो ।

परराष्ट्र मन्त्रालयले काबुलमै थप ३४ जना नेपालीहरु उद्धारको पर्खाइमा रहेको जनाएको छ । परराष्ट्रले भनेको छ, ‘काबुलमा उद्धार उडानको पर्खाइमा रहनु भएका ३४ जना नेपाली नागरिकहरुलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित ठाँउमा स्थानान्तरण गरिएको छ । उहाँहरुलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ ।’

यसैबीच शनिबार काबुल विमानस्थलमा गोली चलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विमानस्थलको मुख्य गेटमा गोली चलेको जनाइएको छ ।

सम्बन्धित समाचार

साथी सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

शिवसताक्षी १, धरमपूर बजार स्थीत साथी बहुउदेश्य सहकारी संस्था लि.ले आज तेस्रो वार्षिक साधरण सभा सपन्न गरेको छ । संचालक समिति अध्यक्ष दिल बहादुर लिम्बुको अध्यक्षता, शिवसताक्षी वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको...

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।