हाम्रो देश नेपाल विभिन्न सास्कृतिक विविधताको सौन्दर्यले भरिपुर्ण रहेको छ । भौगोलिक हिसाबले हाम्रो देश नेपाल सानो भएपनि सास्कृतिक हिसाबले अत्यन्तै फराकिलो रुपमा चिनिएको छ । हाम्रो देश नेपालमा रहेका हरेक सास्कृतिक पहिचान र मौलिकताहरु बर्णन गर्न लायकका छन् । जसले हाम्रो देश नेपाललाई विश्वमा अत्यन्तै लोकप्रिय बनाइ रहेको छ । नेपाली भुमीमा हुर्किएका मौलिकताहरुले विदेशी नागरिकको मन लोभ्याएका कारणले नै आज पर्यटन व्यावसाय नेपालको महत्वपुर्ण आयस्रोतको रुपमा विकसित भएको छ ।
विभिन्न सास्कृतिक पहिचान भएका आदिबासी जनजातिहरु मध्ये मेचे जाति पनि एक हो । नेपालको सन्दर्भमा भन्ने हो भने लोप उन्मोख अवस्थामा रहेका यि जातिहरुको जनसंख्या ०५८ सालको जनगरणा अनुसार ३ हजार ७ सय ७३ रहको थियो भने हाल आएर उनीहरुको जनसंख्या लगभग ५ हजार पुगेको छ । मेचे जातिको बसोबास झापा जिल्लामा मात्र रहेको पाइन्छ । झापा जिल्लाको ज्यामिर गढी, वाहुनडागी, मेचीनगर, जलथल र दमकमा मेचे जातिको बसोबास रहेको छ । अन्तराष्ट्रियको सवालमा भारतको विभिन्न प्रान्तमा पनि मेच जातिको बसोबास रहेको पाइन्छ भने बंगलादेशमा पनि मेचे जातिको बसोबास रहेको छ । यसरी विभिन्न ठाउमा बसोबास गर्ने मेचे जातिहरुलाई कछाडिया, शैव, दिमासा , त्रिपुरा र बोडो जातिको रुपमा चिनिन्छ । नाम फरक भएता पनि भाषा एउटै भएको कारण एउटैै जातिहुन् भन्ने कुरा स्पष्ट हुने जानकारहरुको भनाइ रहेको छ ।
काधमा गलबन्दी , आङमा स्टकोट र कम्मरमा धोती लागाए पछि पुरुष मेचेहरुको पहिचान खुल्ने गर्दछ । मेचे भाषामा स्टकोटलाई–गाम्चा , गलबन्दीलाई – गाल्पा र धोतीलाई धुती भन्ने गरिन्छ । मेचे महिलाहरुको पहिरन निक्कै नै मन लोभ्याउने प्रकारको हुन्छ । महिलाहरुले आङ देखि खुट्टासम्म ढाक्ने गरी दोखना लगाउने गर्दछन् र दोखनाको भित्री भागमा ब्लाउज लगाउने गर्दछन् । सलको रुपमा लगाइने पहिरनलाई मेचे भाषामा साडवल भनिन्छ । मेचे महिलाहरु गहनामा चाही गलामा चन्द्रहार, हातमा चुरा वा आछान्न , कानमा इन्थी । नाकमा नाखापाल लगाउने गर्दछन् ।
यो दृश्य, प्रत्येक मेचे जातिको घरमा हुने मुल देवताको थान हो । यस थानमा प्रत्येक महिना सिद्धिशक्ति प्राप्तीको लागि पुजा गर्ने गरिन्छ । बर्षको एक पटक असार महिनामा यस थानमा विशेष पुजा गर्ने गरिन्छ । यसरी पुजा गर्दा परिवारमा दुख बिराम र विपत्ती नआवोस भनेर प्रार्थना गर्ने गरिन्छ ।
ईश्वर प्रति विशेष भक्ति राख्ने मेचे जातिहरुको आगनको कुनै भागमा विभिन्न देवी देवताको प्रतिमा बनाएर राख्ने प्रचलन रहेको छ । यसरी मेचे जातिले पुज्ने देवी देवताहरुमा भद्रकाल ि, विशोरी ,रामलखन , र हनुमान पर्दछन् ।
त्यसैगरी प्रत्येक मेचेको घरमा मन्दिर स्थापना गरिएको हुन्छ । यो मन्दिरलाई मेचे जातिहरु मुलघर भन्ने गर्दछन् । यस मुलघरमा नोमानो भन्ने देवतालाइ पुजा गर्ने गरिन्छ ।
मेचे जातिको प्रमुख चाड बैशाखु चाड हो । यो चाड प्रत्येक बर्षको बैशाख महिनामा मनाउने प्रचलन रहेको छ । यो चाडको अवसरमा नाचिने सास्कृतिक नाचलाई बैशाखु नाच भन्ने गरिन्छ । आफ्नो मौलिक भेषभुषामा सजिएर मेचे महिलाहरु अत्यन्तै मनमोहक तरिकाले यो नाच नाच्ने गर्दछन् । मेचे जातिको समुदायमा यो नाच अत्यन्तै महत्वपुर्ण मान्ने गरिन्छ ।
यो नाचले सिङ्गो मेचे समुदायलाई आफ्नो मौलिकता प्रति झुकाब राख्न प्रेरित गर्ने गर्दछ । यो नाच नाच्न पाउदा मेचे समुदायका युवतीहरु निक्कै उत्साहित हुने गर्दछन् ।
मेचे जातिको परम्परागत पेशा अन्र्तगत माछामार्ने , शिकार खेल्ने , रहेको थियो । तर अहिले आएर त्यस किसिमको पेशाबाट आत्मनिर्भर नहुने भएकाले मेचे जातिहरु अन्य पेशामा पनि सरिक हुन थालेका छन् । शिक्षण, व्यापार व्यावसाय र पशुपालनमा मेचे जातिहरु सरिक भएको पाइन्छ ।
फुसको छानाले छाएको, बासको टाटिले बारेको घर नै मेचे जातिको परम्परागत घर हो । आफ्ना पुर्खाहरुमा शिक्षा र चेतनाको कमी भएको र जग्गा जमिन प्रति सौखिन नभएका कारण पलायन हुनु परेको र यो जाति लोपहुने अवस्थामा पुगेको मेचे जातिहरुको भनाइ रहेको छ ।
शिक्षाको सुनौलो किरणले परिवार, समाज र राष्ट्र हुदै सिङ्गो विश्वलाई नै उज्यालो बनाउने गर्दछ । तसर्थ शिक्षा समाज रुपान्तरणको अनिवार्य तत्व हो । यो कुरा बुझेर नै मेचे जातिहरु शिक्षा आर्जनमा खुलेर लागि परेका छन् । अन्य जातिको तुलनामा केही पछि परेका मेचे जातिललाई नेपाल सरकारले प्रत्येक महिना जनही रु १ हजार राहत शुल्क प्रदान गरेको छ ।
शिक्षा क्षेत्रमा लगाब बढाउन थाले पछि मेचे जातिको भविष्य उज्यालो बाटो तर्फ अघि बढ्न थालेको सजिलै महुशुष गर्न सकिन्छ ।
एउटा व्यक्ति शिक्षित हुनु, एउटा परिवार शिक्षित हुनु हो । एउटा परिवार शिक्षित हुनु , एउटा समाज शिक्षित हुनु हो । र समाज शिक्षित हुन भनेको राष्ट्र शिक्षित हुनु हो । त्यसकारण यही कुरालाई आत्म साथ गर्दै हरेक रुपमा पछिपरेका समुदायको लागि शैक्षि कार्यक्रम ल्याउनु आजको आवश्यकता हो ।