बुधबार, २८ कार्तिक, २०८१ 

बाँचेन भौतिक शरिर तर कालजयी आवाज बाँचिरहने छ…

२०७८ भदौ १० गते विहिबार अस्तायो एउटा जनवादी आवज । सामाजिक संजाल श्रद्धाञ्जलीका शब्दले भरियो । बेरसिलो भयो मन, बरिष्ठ गायक जेबी टुहुरेको निधनले । उनले नेपाली संगीत जगतमा आधा शताब्दीको लामो योगदान दिने क्रममा २०६५ साल ताका एउटा अडियो अन्तवार्ता लिने अवसर जुरेको थियो । दमकमा रहेको सप्तरङ्गी एफएमका लागी । त्यो भेट पहिलो र अन्तिम दुबै भयो । त्यसपछि महान गायकसँग भेट्ने सौभाग्य जुरेन ।

उनी युगको एउटा ट्रनिङ पोइन्ट थिए , पुरुषप्रधान मुलुक नेपालका लागि । हामीलाई लाग्न त सक्छ हाम्रो मुलुकमा नारी र पुरुष समान छन् । वास्तवमा त्यो एउटा नमिठो भ्रम बाहेक केही होइन । आज हामी आफुलाई अत्यन्त शिक्षित नेपाली हौ भनी टोपल्छौ । हामीमा अर्को भ्रम छ त्यो युग देखि यो युग सम्म आईपुग्दा हामीले विकासको गतीमा छलाङ मार्यौं । तर होइन होला, नैतिकताको दृष्किोणले हेर्दा त ढुङ्गे युगकै सेरोफेरोमा छौ कि महसुस हुन्छ ।

टुहुरेले सन् २०१२ मा ‘आमा दिदि बैनी हो ’ एल्बम सार्वजनिक गरेका थिए । रेकर्ड हुनु अघि कति अभियानमा गाएकै थिए अनुमान गर्न सकिन्छ । नेपालका अधिकाशं भुभागमा पैदल हिडेर नै गाउँ गाउँ पुगेर उनले गाएका थिए नै ।
‘‘ आफ्नै पौरख खान्छन्, आफ्नै सीपमा बाँछन्…
दुख कष्ट सहेर, सृष्टि यीन्ले थाम्छन्…
असल महान व्यत्तिहरु यीनैले जन्माउँछन्
ज्ञान गुन बुद्धीहरु यीनैले सिकाउँछन्
तर पनि अधेरोमा जीवन बिताउँछन्…
आमा दिदि बैनी हो कति बस्छौ दासी भई
सुखको सधैं प्यासी बनेर…
आमा, दिदि र बैनीहरुलाई यसरी शक्ति दिएकै थिए । नेकपा एमालेको जन सास्कृतिक मञ्चका अगुवा कलाकारको रुपमा जागरण अभियानहरुमा यी आवाजहरु घन्काएका थिए ।

आमा, दिदि र बैहिनीहरुका लागि एउटा अत्यन्तै नमिठो संयोग बन्यो । एमालेकै दुई तिहाई सरकार भएका बेला निर्मला पन्त लगायत धेरै चेलीहरुको ब,लत्का,र पछि ह,त्या भयो । कतिले न्याय पाए । कतिले न्याय पाएकै छैनन् । विचरा गायक जेबी टुहुरेलाई कस्तो महसुष हुन्थ्यो होला ।
ती वेला देखी यस्ता जनवादी गीत सुन्दै आएका हामी नेपाली कै आँगनमा यस्ता पी,डादा,यी द,र्दनाक घटना हुनुले हामी ढुङ्गेयुग कै सेरोफेरोमा छौ भन्दा चित्त दुखाउने ठाउँ हुदैन ।

जुठ बहादुर खड्गी उर्फ जेबी टुहुरे पूर्वी धरानको पुरानो बजारमा बुवा कृष्णबहादुर खड्गी र आमा दानदेवी खड्गीको पहिलो सन्तानका रुपमा २००१ कार्तिक १५ गते जन्मिएका थिए । २० वर्षको कलिलो उमेरमा बुवाको निधन भएपछि उनले आफुलाई टुहुरे उपनाम दिएका थिए । पछि त्यहि नामले उनी लोकप्रिय बने ।

बि.सं. २०१० मा औपचारिक रुपमा यसक्षेत्रमा लागेका उनले आधा सताब्दी बढी (६८ वर्ष) नेपाली साँगीतिक जगतलाई निरन्तर योगदान दिए । शुरुमा सबैखाले गीत गाएका उनले २०२० को दशकपछि जनवादी गीतमा उनको बढी योगदान रह्यो ।

उनले सर्वहारा वर्गका पक्षमा गीत गाए । सर्वहारा जनताका निम्ति भााषण गर्ने नेताहरु सर्वहारा रहेनन् । उनले गीत गाएर बटुलेका जनमतले कती नेताहरु मन्त्री भए, प्रधानमन्त्री भए घर जोडे, सम्पती जोडे । गायक टुहुरे नाम जस्तै टुहुरे भए । उनको आर्थिक अवस्था खासै सुधार हुन सकेन । जिवीकोपार्जनका लागी उनले हरएक व्यवसाय गरे । कहिले होटल संचालन गरे । कहिले पुस्तक बेचे ।

मुलुकलाई जेबी टुहुरे आवश्यक थियो । नेकपा एमाले आज जुन धरातलमा उभिएको छ । त्यसको जग बसाउँने श्रेय धेरथोर टुहुरेलाई जान्छ ।
कति जनता उनका क्रान्तिकारी गीत सुनेर एमालेमा आकर्षित भए । समाजमा समानताको चेतना व्याप्त भयो । हरेक जनआन्दोलनमा उनका गीतहरु, उनका शब्दहरु आक्रोसको ज्वाला ओकलीरहें । तीनै तात्पर्य आत्मसाथ गर्दै जनता आन्दोलित भए । रत आज मुलुकमा यो व्यवस्था आउन सफल भयो । यसको श्रेय पनि टुहुरेलाई धेरथोर दिए केही जादैन ।

स्रष्टा, सर्जक, कलाकार या साहित्यकार मरे पछि मात्रै सम्मान गर्ने हाम्रो मुलुकमा पुरानो चलन छ । सायद अरु मुलुकमा उनी जन्मिदो हुन् त उनको उचाई आज धेरै अन्तर हुने थियो नै ।

हो उनी सर्वहारा थिए । सर्वहारा जीवन भोगें, बाँचे र त सर्वहारा वर्गका झिना आवाजलाई वीररसको संगीतमा उनेर बुलन्द बनाए । त्यहि गीत सुनेर आजपनि मुद्धा छोडेर बरालिएका कमरेडहरुको मनमा लज्जाबोध कसो नहोला ।

खोला तर्यो लौरो विष्र्यो भने झै भयो कि? खै किन हो जवानीका जोसहरु सिङ्गै खर्च गरे नेकपा एमालेलाई सघाएका टुहुरे २०६६ मा नेकपा एमाले पार्टी त्यागेर माओवादीमा आवद्ध भए । २०७० मा माओवादीले संविधान सभा सदस्य बनायो ।

जनताका दविएका आवाजलाई तिखा बनाएर शासकको मुटु कमाउने टुहुरे कलंकी स्थीत आफ्नै निवासमा लडे । उनको शरिरलाई पहिले नै मुटु, फोक्सो सम्बन्धी रोग, मधुमेह र उच्चरक्तचाप जस्ता रोगले गलाई सकेको थियो । अन्तत टुहुरे उपचारकै क्रममा ७८ वर्षको उमेरमा बयोध्या हस्पिटल बल्खुमा देहत्याग गर्न पुगे । बिहिबार पेरिस डाँडामा कम्युनिष्ट पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाजली दिइयो ।

सगर्व झण्डा ओढाएर मात्रै पुग्दैन उनलाई । उनले उठाएका आवाजहरु एकपटक सुन्नुपर्छ । उनले गाएका शब्दहरु जस्तै नेपालको व्यवस्था निमार्ण गर्न सकियो भनेपनि मुलुक गतिशील हुन्छ । उनले भनेकै छन्ः –आमा दिदि बहिनी हो, बसाई हिड्नेको तातीले, चरी भरर, के दिउ दाइजो, छोराहरु हो , नयाँ दिनहरु आए । उनीसँगै एउटा युगको अवसान भएको छ । उनले देखाएको बाटोमा हिडेर नयाँ युग जन्माउँनु छ ।

अलविदा गायक जेबी टुहुरे …

सम्बन्धित समाचार

साथी सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

शिवसताक्षी १, धरमपूर बजार स्थीत साथी बहुउदेश्य सहकारी संस्था लि.ले आज तेस्रो वार्षिक साधरण सभा सपन्न गरेको छ । संचालक समिति अध्यक्ष दिल बहादुर लिम्बुको अध्यक्षता, शिवसताक्षी वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको...

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।