शुक्रबार, १६ चैत, २०८० 

जेसीजका महासचिवको जन्मोत्सवमा पत्रकार उपचार कोषमा सहयोग

बिर्तामोड, भदौ १०। वीरता जेसीज सन् २०२१का महासचिव एलसी श्रेष्ठले आफ्नो जन्मोत्सवको अवसर पारी नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई १० हजार रुपैयाँ प्रदान गरेका छन् ।
विहीवार बिर्तामोडस्थित वीरता जेसीज सचिवालयमा आयोजित कार्यक्रमकाबीच जेसीजका अध्यक्ष राजीव धिमाल र महासचिव श्रेष्ठले पत्रकार उपचार कोषका लागि महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईसहितको टोलीलाई उक्त रकम प्रदान गरेका हुन् ।
अध्यक्ष धिमालको अध्यक्षतामा भएको कार्यक्रममा मन्तव्य राख्दै जेसीजका निवर्तमान अध्यक्ष मिजास पोखरेल, कार्यक्रम संयोजक जीवन खड्का, कार्यकारिणी उपाध्यक्ष विकास बस्नेत लगायतले पत्रकारको दिगो हितका लागि जन्मोत्सवको अवसरमा उपचार कोषमा सहयोग गरेर श्रेष्ठले परोपकारी काम गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष सुशीला संग्रौला, कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्यहरु होमप्रकाश अधिकारी र रञ्जित परियारको उपस्थिति थियो । कार्यक्रममा टीकाराम खतिवडाले जेसीज आस्था वाचन गरेका थिए ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

महासंघका अध्यक्ष एकराज गिरीका अनुसार कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । आफूले झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने तथा यस्तो परोपकारी कार्यमा योगदान गर्न पाउँदा सन्तुष्टि प्राप्त हुने श्रेष्ठले बताए ।
महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा एकपटक सहयोग गर्न आव्हान गरेको छ । उपचार कोषको सदस्यता नलिएका सबै पत्रकारलाई तत्काल कोषको सदस्यता लिन पनि महासंघले आह्वान गरेकोे छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।