एजेन्सी । अफगानिस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा भएको बम विस्फोटमा ६० जनाको मृ’त्यु भएको छ । बिहीबार भएको बम विस्फोटमा ६० जनाको मृ’त्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
अन्तराष्ट्रिय सञ्चार संस्था बीबीसीका अनुसार विस्फोटमा परी मृ’त्यु हुनेमा १३ जना अमेरिकी नागरिक समेत रहेका छन् ।
अफगानस्थान छोड्न विमानस्थल परिसरमा मानिसहरूको ठूलो भिड जम्मा भएका बेला उनीहरूलाई नै लक्षित गरी विस्फोट गराइएको बताइएको छ ।
उनीहरुलाई अमेरिकाले ल्याएको हवाईजहाज मार्फत अफगानिस्तान छोड्न लागेका थिए ।ं
यसअघि नै अमेरिका र बेलायतले कावुलस्थित विमानस्थलमा आ’तंका’वादी हमला हुनसक्ने भन्दै चेतावनी जारी गरेका थिए । (एजेन्सीको सहयोगमा)