काभ्रे । जिल्ला प्रहरी काभ्रेको हिरासतमा रहेका एक कैदी प्रहरीलाई चक्मा दिँदै फरार भएका छन्। काभ्रे महाभारत गाउँपालिका वडा नम्बर ६ का सुनिल बाइवा प्रहरीलाई धकेल्दै लात्ताले हानेर फरार भएका हुन्।
सुनिल बाइवा चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालयले सुनिल बाइवा फरार भएको स्वीकार गरेको छ। प्रहरीका अनुसार उनले पानी प्यास लागेको बताएका थिए। पानी खान दिँदा हतकडी टाइट भयो लुज गर्दिनुस् भनेपछि प्रहरीले लुज गर्न खोज्दा लात्ताले हानेर सुनिल फरार भएका हुन्।
हाल प्रहरी सुनिल बाइवाको खोजी गरिरहेको छ। यस घटनाले काभ्रेमा प्रहरीको चेन अफ कमाण्ड कमजोर बनेको प्रस्ट देखिएको छ।