बिहिबार, २० मंसिर, २०८१ 

त्यो रात …

……यो चुरोट छ नी, यस्लाई सल्काएर कसैले टेबलमा छाडेर जान्छ भने नी त्यो पिए पनि नपिए पनि आखिर जलेर सकिन्छ, भने सल्किएको सिगरेटलाई किन खेर फाल्ने ।

केटी भनेको रक्सी हो यार रक्सी, जति खायो त्यती लाग्ने । नपाइन्जेल आत्तिने अनि पाए पछि मात्तिने यो जातै बैगुनी, बानी पार्न मात्रै गाह्रो जब प¥र्याे नि, रक्सीले तान्छ, यस्लाई तानिराख्नु पर्दैन ।

हाहाहाहा
हाहाहा
सामुन्नेको टेबलमा तीन चार ठिटाहरु रक्सी र चुरोटलाई तमासा बनाएर मासुका चोक्टा चपाईरहेका थियो । उनीहरुको कुरा सुन्दा यस्तो लाग्दथ्यो कि त्यो रक्सी र चुरोटको तुलना कुनै स्वास्नी मान्छेको जवानी संग भईरहेको छ, अनि आफुलाई जवानी र बैसको पण्डीत झै ठान्ने ठिटाहरु आफ्नो शिष्य समान झै गरि एक अर्काे ठिटोलाई उपदेश दिइरहेका थिए, एक्काइसौ सताब्दीको कुनै नेताले अठारौ सताब्दीका माक्र्स को गुणगान गाए झै उनिहरुको उपदेश दियाइले यस्तो लाग्थ्यो कि भोली त्यो शिष्यको काही प्रवचन छ,

हेर भाई, तैले अचेलका ठिटीहरुलाई अहँ सक्तैनस भाउजुहरुबाट सुरु गर,
हाहाहा

यस्लाईत भाउजु पनि धेर भो आन्टीहरु खोज बरु……
हाहाहा

सुन गुरु, सिगरेट खाने इच्छा हुनेले नी पहिला आगो बाल्न सिक्नु पर्दछ, त्यस पछि सल्काउन , जब तँ सलाई कोर्न सक्दैनस भने नी चुरोट आफैं सल्कदैन, जब चुरोटमा धुवा छैन भने नि जतिसुकै क्वालीटिको सिगरेट पनि स्वादहिन हुन्छ, र अनि एक पटक चुरोट सल्कियो नि , अँह त्यो निभ्नेवाला छैन, या त त्यसलाई तानेर सक्नु प¥यो अथवा स्ट्रेमा निचोरेर निभाउनु प¥यो,

त्यहा भाउजु सम्बोधनका स्त्रीहरुको जवानी चुरोटको धुवा सरी उडीरहेको थियो ,त्यो पनि अस्लील केटाहरुको ओठबाट । भाउजु भन्ने शब्द आफैमा पबित्र अनि हिन्दु संस्कारमा आमाको अर्काे दर्जा हो तर यहा साथमा श्रीमान् नभएका स्वास्नीमानिसहरुको जवानीमा भर्खरै नुहाएर फर्किएका देशले मेरुदण्डमानेका कर्णधारहरु भने कतै बिच बजारमा त्यहि भिजेको शरिरबाट पानी टक्टक्याइरहेका थिए,

प्रतिकार गर्न मन भएर पनि गरिन । जडियाहरुसंग कस्ले बोलेर सक्नेर ?बरु अर्डर गरिसकेको भोड्का अनि सुकुटी फिर्ता गरि टेबल रित्तो गरेर उठी दिए, तर हातका दुई औलाको बिचमा सुर्य चुरोट भने जलीरहेकै थियो । थाहा छैन मेरा यी औलाहरुले कुन युवतीको शरिरलाई स्पर्श गरिरहेकोछ, अनि यी ओठहरुले थाहा छैन कुन पतिब्रता नारिको जवानी चुसिरहेको छ ।

सायद यहि सोच्दै होलान चुरोटमा जवानी अनि धुवामा अस्तित्व उडिरहेको देख्ने यौन दुराचारका मतियारहरु,

रातभर निन्द्रा परेन, मन त्यसै त्यसै बिचलित भई रहयो । के मैले मैल उडाएको धुवामा साँच्चै कसैको अस्तित्व रुमल्लिरहेको थियो त? के मैले कसैको जवानी माथि आगो सल्काए ?

अँ ह त्यस्तो कदापी हुन सक्दैन, मैले हिमानीको अस्तित्व माथी कुनै खेलबाड गरेको छैन, हिमानीले मलाई गलत सम्झन्छे भने त्यो बेकार छ,……………
…………………….
फेसबुक वालको पिपल यु मे नो मा मैले हिमानीलाई भेटेको हुँ, प्रोफाईल पिक्चर राम्रो लागेर हो या उनको नामै राम्रो , मैले रिक्वेस्ट सेन्ट गरे । तत्काल एसेप्ट नभएपनि कुनै दिन एसेप्ट भएको नोटिफिकेशन आएको थियो । एक हप्ता सम्मको एकोहोरो बोलाई विस्तारै दोहोरो हुन थाले पछि हामी सामाजिक संजालमा नजिकिदै गएका थियौं ।

हेलो, के छ खबर?, खाना भयो, तिम्रो प्रोफाइल पिक्चर कति मेसेजेबल, आर यु विजि, टेक केयर, मिस यु, जस्ता सम्बादहरु सामान्य बनेका थिए हाम्रा लागि । जिवन र जगतका धेरै गहिराई सम्मका च्याट हामी विच हुने गर्दथ्यो ।मेसेन्जर कलबाट राती घण्टौं सम्म गफ गरेर बित्ने हाम्रो समय , यस्तो लाग्थ्यो कि वास्तवमा हिमानी भएर मात्रै यो संसार छ, त्यतिको व्यावहारिक, इमान्दार शिक्षित अनि केयरिङ्ग केटी वास्तवमा के कमी थियो र उसमा…………..

रुप ?
रुप त मैले देखेको थिइन तर रुप के हो र? के गर्छ त्यस्ले? मैले शारीरिक बनावट राम्रा भएका कति कुरुप छोरीमान्छेहरु देखेको छु । मलाई त लाग्छ , शारीरिक शौदर्यतालाई त्यसको आचरणले प्रष्ट्याउछ, उस्को सोच अनि सामिप्यताले उ हुनुको शौदर्यतालाई झल्काउछ, । ऊ नराम्री थिइन अथवा राम्री थिइन । किनभने उस्को प्रोफाइलमा जहिल्यै प्राय सन्देश मुलक कोटेशनहरु हुने गर्दथ्यो ।

आशु र हासोलाई मैले कहिल्यै एकै चोटी अनुभव गरेको छैन, जुन दिन अनुभव गर्ने छु त्यो दिन मेरो अत्यान्त खुशीको दिन हुनेछ ।
ऐनामात्र एक यस्तो सच्चा साथी हो जो कहिल्यै झुट बोल्दैन ।
मनको प्रश्नलाई कहिल्यै मस्तिष्कबाट जवाफ नदेउ
आदि आदि ।

एकदिनको कुरा हो । उस्ले म संग च्याटमा भनि
भोलि बेलुका तिमी मेरो रुममा खाना खाने गरि आउन है
……………………………………

पर्सि शनिबार हो, तिम्रो कलेज पनि त लाग्दैन , के फरक पर्दछ र ?

मलाई के भनौ के भनौ भो , उस्ले खाना खान बोलाउनुको अर्थ के ? आज सम्म त हाम्रो भेट पनि भएको छैन, बोलीको भरमा मैले उस्लाई कसरी विश्वास गर्ने, फेरी ऊ त छोरी मान्छे कस्ती खालकी केटी हो? फेरि बेलुकै किन बोलाउनु परेको होला ? उस्को बोलीमा किन यस्तो सहजता ? कतै मैले पो उस्लाई गलत सोचिरहेको छैन? जे पर्ला पर्ला , मलाई म मर्द हुँ भन्ने आभाष भयो अनि अलिबडी नै थेतरिन पनि मन लाग्यो, के थाहा मेरो थेत्तराईले कतै खानको परिकार नै पो बद्लिने हो की , यदि त्यस्तो भयो भने…………..

रात भर निन्द्रा परेन अझ २३ घण्टा बाकी छ, मनमा धेरै कुराहरु खेल्न थाले। ऊ संगको भोलीको रात आजै कल्पनामा नाच्न थाल्यो, म विस्तारै विस्तारै हराउन थालें भोलीको रातको कल्पनामा । भोलीको रातलाई सम्झेर आजको रातनै मैले ऊ प्रति समर्पित हुने निश्चय गरे।
विहान कलेजमा शेयर र डिभेन्चरको हिसाबले दिमाग नै खायो, प्रोफेसरले बोलेजस्तो लाग्छ तर मैले सुने जस्तो लाग्दैन, सारे जस्तो लाग्छ तर बुझे जस्तो लाग्दैन, उफ………….अफीस मा पनि त्यस्तै पुरै दिन खराब भयो, भेट्ने सम्मको कुराले त त्यस्तो छ, झन भेटेर पनि नभेटेकाहरुलाई त झन कस्तो होला ओ हो ………… म त कल्पना पनि गर्र्न सक्दिन ।

नत पढाइ नै राम्रो न त मेरो जागीर नै, कम्तिमा मत धैर्यता पनि ठिकसंग गर्न सक्तिन, यो के हुदै छ आज मलाई सोचौ भन्छु मन एकाग्र छैन, सोच्नलाई पनि त मन एकाग्र हुनु पर्ने रहेछ , थाहा पाउदैछु, आत्तिएको बेला त मन पनि कहाँ मन हुदो रहेछ र ‘हिमानी’हुदो रहेछ ।

ओ हो हिमानी
म अफिसबाट सिधै हिमानीको रुप तिर हिडे, हिडे पनि के भन्ने दौडिए………
ढोकामा नपुग्दै मुटुको धड्कन बडी सकेको थियो, हिमानी भने , तोछेर प्लेटमा राखेको कटहर झै सपक्क थिई, निलो भुइ भएको पहेलो साडीमा । मैले देखिरहेकी हिमानी साच्चीकै सुन्दर रहिछे , मैले सोचेकी हिमानी भन्दा पनि ……………………………

थाह छैन, त्यस दिन मलाई केले डोर्याएर त्यहा पु¥यायो,उस्ले मलाई किन त्यसरी ढोका बाटै तानेर लगी ? किन आफ्नै काखमा राखी मलाई ? किन एक्कासी सल्बलाउन थाली मेरा शरीरिक अंगहरु संग, ऊ के खोज्दै थिइ र ? के थियो मेरो शरिरमा त्यस्तो जो उस्का स्पर्शहरुले भेटिरहेका थिएनन् ? किन एक्कासी मेरो मुखबाट म तिमीसंग बिवाह गर्न चाहान्छु भन्ने वाक्य निस्कियो ? मैले त्यस दिन त्यो वाक्न नभनेको भए, उस्को मुखबाट पनि म विवाहित नारी हुँ, भन्ने वाक्य निस्कने थिएन सायद, यदि उस्ले त्यसो नभनेको भए मैले उस्का हातहरु झड्कार्दै आत्तिएर अर्काे बेड सम्म पुग्ने थिइन, यदि म नआत्तिएका भए के हुन्थ्यो र, बडी भन्दा बडी हामी प्राकृतिक बन्ने थियौ, बडी भन्दा बडी हामी दुनिया बिर्सिने थियौ, बडी भन्दा बडी हामी कुनै अर्काे दिनका लागि योजना बनाउदै छुटिने थियौ, तर त्यस दिन म त्यसरी नआत्तिएको भए मेरो मनको डरले हाम्रा इच्छाहरुको बलत्कार गर्ने थिएन सायद, त्यसो भए के म मेरो इच्छाहरुको सामु दोशी हुँ ? आजकलका केटीहरुको के भर, बलत्कारको नाटक रचेर इच्छामोही युवाहरुबाट लाखौ रुपैया असुल्ने घटना देशका विभिन्न शहरहरुमा सामान्य बनिरहेको अवस्थामा यो त देशको केन्द्र बिन्दु हो , यसर्थमा के म आत्तिनु अस्वभाविक थियो र ?

अरु केटीहरुलाई त जिस्काउने बेलामा सिउदोको बहुत ख्याल गरिन्थ्यो गाठे, तर किन मलाई त्यो दिन त्यसको सिन्दुर ख्याल भएन ? त्यसले मलाई नबोलाएको भए, अथवा त्यसदिन म त्यहा नगएको भए, गएर पनि ढोकैबाट फर्केको भए अथवा मैले उसले सल्काएको आगोमा ध्यु थपेको मात्र भए पनि त्यहा दुर्ई समान इच्छाहरुको वलात्कार हुने थिएन सायद । यहाँ इच्छाहरुको बलात्कारको कुनै इजलास छैन त्यसैले यस्ता घटनाहरुलाई घटना मानिदैन, यदि मानिएको भएको भए सबै प्रकारका बलत्कारीहरु दण्डीत हुने थिए, तर घटना नमानिए पछि त्यो अघटना भयो , अघटनाहरुले जहिले पनि विद्रोहको बाटो रोज्दछन् , विद्रोह इच्छा र आवश्यकताका अप्राप्तीबाट जन्मन्छन् अनि बिद्रोहले बल्ल घटना जन्माउछ, र फैसला घटना माथिका प्रतिघटनाहरुमा हुन्छ त्यसैले घटनाहरुको कहिल्यै अन्त्य हुदैन् ।

हो घट्नाहरुको अन्त्य हुदैन त्यहि भएर हिजो राती भएको घटना घटना नै रहयो, जस्को कुनै फैसला छैन तर असर अवश्य छ, जस्ले कुनै महत्व नराख्ला तर आवश्यकता छ, स्वाभिमानीहरुले त्यसलाई स्वाभिनताको उदाहरण मान्ला तर आज त्यस्तै बिचलित मनहरुले नै आफ्ना इच्छारुपी आवश्यकताहरुलाई काठमाण्डौको ट्राफीक बत्ती झै सडकमा ठड्याइरहेका छन् । जस्लाई सभ्यताले नत बल्न दिएको छ नत उखालेर फाल्न नै सकेको छ, तै पनि चम्किरहेकै छन् सडक किनारका पहेला इन्डिकेट लाइट झै, । हो चार जना भेला भएको ठाउमा त्यसलाई अस्लील भन्छन अस्तित्ववादीहरु, तर त्यसैमा उनीहरु एक्ला एक्लै आफ्नो अस्तित्व खोजिरहेका हुन्छन्, चार जना भेला भएको ठाउमा त्यसलाई पाप भन्छन् धर्मात्मीहरु, तर त्यही पापकृत्य बाट जन्मिएका धर्मात्मीहरु आखामा धर्म र दृष्टीकोणमा पाप दर्शाइरहेका हुन्छन् । वास्तवमा यो एउटा समस्या हो जस्को समाधानको लागि खुल्ला बोली छैन् , यो एउटा शौदर्यता हो जस्लाई सजाउनका लागि लागि कतै स्लील मनहरु छैनन् । पानीको प्यास लाग्नु प्राकृतिक प्रकृति हो तर पानी पिउने कुनै मापदण्ड छैन, जति पिए पनि हुने जहिले पिए पनि हुने अनि जहाँ पिए पनि हुने, त्यसै गरी यौनको प्यास लाग्नु लाई पनि प्राकृतिक आवश्यकता स्विकारिन्छ , तर यो प्यास मेटाउन यहा मापदण्ड पुरा गर्नु पर्दछ, म मान्छु सबै प्राकृतिक आवश्यकता सिमा हिन हुदैनन् । तर सिमा तोक्नेहरुले नै सिमाहिनताको रिवन काटिरहेका हुन्छन्न जस्कोकारण आज धर्ती समान मानिने नारीहरुका इच्छा र आवश्यकता पानी पुरी पसलमा सजाएको कागती भैm निचोरिएका छन्, बाँकेमा रोइरहेको सुस्ता सरी भएकोछ नारीहरुप्रतिको सिमा अनि त्यसको सुरक्षा।

त्यसैले मैले त्यसलाई सच्याउनै पर्दछ , ऊ कसैको श्रीमती थिइ त त्यसमा मेरो के दोष, ऊ कसैकी नभएकी भए आज मेरी हुन्थी , मैले शारीरिक सम्बन्धको लागि आत्मिय सम्बन्ध रोजेको थिइन, सम्बन्धले सम्बन्ध गासिन खोजेका मात्र थियो, तर बाधक सम्बन्ध आफै बनिदियो ।
छेवैमा भएको मोवाइलको भाइब्रेट ध्वनीले मेरो ध्यान परिवर्तन गरिदियो । फेसबुक नोटीफीकेशन आएको रहेछ , मेसेजको , हिमानीले पठाएको

हिजो बेलुकीको घटना प्रति माफी चाहन्छु , मैले सोचे तिमी आम पुरुष हौ, तर तिमी के थियौ अथवा के सोच्यौ त्यो तिमी नै जान । हो म विवाहित नारी हुँ, मलाई राम्रो संग थाहा छ, म कसैको जिवन संग बाधिएको छु, कसैको भविष्य संग जोडिएको छ मेरो इज्जत, तर मेरा मनका इच्छा र चाहनाहरुलाई गलाको डोरोले कहा बाधेर राख्न सक्दो रहेछ, थाहा थिएन लेखिदै गरेको जीवन काव्यमा जवानीको सानो खण्ड थपिएको रहेछ, जस्मा अधिकार राख्ने कुनै पुरुषले त्यसको पाना पल्टाउन थाल्यो, पड्दा नपढ्दै बाध्यताले त्यसलाई मेरो जवानीबाट अलग्यागो, जुन दिन तिमीले मलाई भट्यौ म त्यही पल्टीको पानामा थिए, जस्लाई पढ्दा पढ्दै कुनै पुरुषलाई वाध्यताको नकाप लगाइ समयले अपहरण गरेको थियो । हो म पुरा भएकी थिइन र त पल्टीरहे तिमी आयौ तर पुस्तकले तिम्रो ध्यान केन्द्रित नगर्दै तिमी अर्थ्हिन भएर भागि दियौ ।

प्रष्ट रुपमा भन्नु पर्दा म तिमी संग शारीरिक सम्पर्क राख्न चाहन्थे, सुरक्षित । सायद तिमी शारीरिक सम्पर्क चाहाइरहनलाई म संग विवाह गर्न चान्थ्यौ, हाम्रो चाहाना एउटै थियो तर सोचाई मिलेन, चाहना र सोच फरक फरक वस्तु रहेछ त्यसैले त कहिलेकाही एक अर्का संग बाझ्दो रहेछ । सायद त्यहि भयो ।
मेरो श्रीमान् बिदेशमा हुनु हुन्छ, हाम्रो भविष्यको लागि, म नेपालमा छु हाम्रै भविष्यको लागि ,तर यो सब मतिष्कको सोच रहेछ जस्लाई मनको चाहनाले उछिन्यो, मेरो मनमा म सोच्छु मेरै श्रीमान हुनुहुन्छ, तर पनि उहाँ मेरो चाहनामा आइपुग्नु हुन्न मेरो इच्छाहरुमा समाहित हुन सक्नु हुन्न । सायद उहाँलाई पनि त्यस्तै लाग्दो हो, हुन त लोग्ने मानिसहरु विदेशमा अछुत छन् त्यो म मान्दिन, किनभने चाहनाको आगो एउटै हुन्छ फरक यति हो दाउरा चिसा भए भने ज्वाला आउदैन । हो लोग्ने मानिसहरु विदेशमा अछुत छन् म मान्दिन , तर मैले नमानेको कुरालाई म भएको समाजले मान्छ । तर लोग्ने नगएर स्वास्नी त्यहा गई भने तिमी बसेको समाजले पनि त्यो स्वास्नी मानिसको अस्तित्वमा औला तेरस्याउछ, फरक यति हो कहिले काहि तेर्सिएको औला नदेखिन सक्छ,। हाम्रो जवानीलाई पानी ठानेर पौडन्छन लोग्ने मानिसहरु अनि टाढीने बेलामा चाहान्छन हिउ बनेर जमोस हाम्रो जवानी, अनि जब जब उस्को जवानीको ताप पर्छ हामी माथि अनि पग्लीयोस आगो मा घिउ परे झै, हो म पनि त्यहि चाहन्थे, हिउ झै होस मेरो जवानी , जब मेरो लाग्ने मेरो साथ हुदैन, तर जब कतै पारिलो घामको झुल्को त्यो हिउमा पर्छ भने हिउ हिउ नभएर पानी बन्दो रहेछ म अनुभव गर्दैछु सायद तिमि पनि बुझ्दै होलाउ मेरो भन्नुको आसय ।
म मान्छु मेरो लोग्ने मलाई धेरै मायाँ गर्छ । मेरो भविष्यको बारेमा मेरो इच्छाहरुको बारेमा ऊ धेरै सोच्छ सायद । धेरै फोन पनि गर्दछ तर थाहा छैन किन हो अध्यारोको कुरागराईमा ऊ खाली मेरो कपडा फुकालीरहेको हुन्छ फोनबाट, मेरो शरीरका प्रत्यक अंगहरु संग खेलिरहेको हुन्छ, सायद ऊ आन्दित हुन्छ तर उस्लाई थाहछैन उस्को यस्तो कृयाकलापले म भित्रको नारी हुनुको नारित्व कति पग्लीरहेको हुन्छ कति कमजोर बन्दै गएको हुन्छ ।

म धेरै कुरा लेख्न चाहान्न सायद तिमिले बुझ्यौ पनि होला, बुझेनौ भने सार कुरा यही हो कि म तिमि संग सारीरिक सम्बन्ध चाहन्छु । बाकी तिम्रो इच्छा ।
…..
मलाई थाहा छैन त्यसदिन म किन आत्तिएर उठे, सायद मलाई कथा लेख्नु थीयो, तर तिमी यो नबुझ यहा यस्ता थुपै्र कथाहरु छन् । रात बिताएका जो लेख्न बाकी नै छन् । म एक दिन आत्तिएर उठेको थिए किनभने मलाई कथा लेख्नु रहेछ, तर म सधैं कथाकार रहन्न किन भने म पनि पुरुष हुँ तिमी जस्तै।
समाप्त

सम्बन्धित समाचार

चिया ऐन बनाउन सभामुख घिमिरेको ध्यानाकर्षण

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सम्वोधनका लागि आवश्यक समन्वय एवं पहल गर्ने बताएका छन् । सोमबार बिर्तामोडमा भएको छलफलमा सभामुख घिमिरेले चिया क्षेत्रका कतिपय समस्या पहिलो पटक थाह भएकोमा आश्चर्य प्रकट गर्दै समस्या...

साथी सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

शिवसताक्षी १, धरमपूर बजार स्थीत साथी बहुउदेश्य सहकारी संस्था लि.ले आज तेस्रो वार्षिक साधरण सभा सपन्न गरेको छ । संचालक समिति अध्यक्ष दिल बहादुर लिम्बुको अध्यक्षता, शिवसताक्षी वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको...

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।