मङ्गलबार, ०४ माघ, २०७८ 

सोच्दै नसोचेको भयो ! प्रहरीलाई भ्यानभित्रै लात्ताले हाने, त्यसपछी के गरे ?

भदौ ९ नेपालमा थुनुवालाई कुनै ठाउँमा स्थानान्तरण गर्दा उनीहरु भाग्ने गरेको खबर सार्वजनिक हुनु सामान्यजस्तै भइसकेको छ। प्रहरीकै पञ्जाबाट थुनुवाहरु सजिलै उम्किन्छन् र उनीहरुलाई खोज्न फेरि प्रहरीलाई नै सास्ती हुन्छ।

यसैबीच प्रहरीलाई लात्ताले हानेर जिल्ला प्रहरी काभ्रेको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन्। पूर्पक्षका लागि जिल्ला कारागार ल्याउने क्रममा प्रहरीलाई लात्ताले हानेर काभ्रे महाभार ६ का सुनिल बाइवा फरार भएका हुन्।

उनी चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालयले बाइवा फरार भएको स्वीकार गरेको छ। प्रहरीका अनुसार उनले पानी प्यास लागेको बताएका थिए।

पानी खान दिँदा हतकडी टाइट भयो लुज गर्दिनुस् भनेपछि प्रहरीले लुज गर्न खोज्दा लात्ताले हानेर उनी फरार भएका हुन्। उनको खोजी तिब्र पारिएको काभ्रे प्रहरीले बताएको छ।

सम्बन्धित समाचार

द भोईस अफ किड्समा ‘नुमा राई’ जिताउन अभियान समिति गठन

द भोईस अफ किड्स नेपालको भोटिङ राउण्डमा पुगेकी माङ्सेबुङ गाउँपालिका ६ की नुमा राईलाई जिताउन ‘नुमा राई जिताउऔँ अभियान समिती’ गठन गरिएको छ । माङ्सेबुङ गाउँपालिकाका अगुवा तथा जनप्रतिनीको सल्लाकार समिती सहित धनजित रुङ्माङ राईको...

फाल्गुनन्द साकोस बिर्तामोड सेवाकेन्द्रका लागि उपसमिति गठन

फाल्गुनन्द साकोस दमकले विर्तामोड सेवा केन्द्रको दोस्रो कार्यकालका लागि सोमबार उपसमिति पूर्नगठन गरेको छ । दमक ६, लिङदेन मार्गमा प्रधान कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको बिर्तामोड सेवाकेन्द्रका लागि बिमला फुयाँलको सह–संयोजकत्वमा उपसमिति...

निरन साम्पाङको निर्देशनमा हामीले देख्ने घाम जुन सार्वजनिक

गीतकार शिरेन बान्तवाको शब्द रचना, पारस मुकारुङको संगीत र राजेश पायल राईको आवाजमा रहेको गीतको म्युजिक भिडियो हामीले देख्ने घामजुन सार्वजनिक भएको हो । लघु चलचित्र लेखन तथा निर्देशन गर्दै आएका निरन साम्पाङले दोस्रो म्यूजिक...

जसपाले आचार्यविरुद्ध मतदान गर्ने

  बिराटनगर, १५ कार्तिक । जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रदेश १ प्रदेश सभा संसदीय दलको बैठकले मुख्यमन्त्री भीम आचार्यका विरुद्ध मतदान गर्ने निर्णय गरेको छ । जसपा प्रदेश १ संसदीय दलका नेता जयराम यादवले...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।