आइतबार, ०२ बैशाख, २०८१ 

यो भाइ’रल भिडियोको विषयमा यस्तो भनियो…

भर्खरै एउटा भिडियो भाइ’रल बन्यो जसमा एक जना युट्युबर ले अमर्यादित रुपमा एक विध्यालय की शिक्षिकालाई लेख्न नआएको विषयमा भिडियो बनाएर अप्लोड गरेको देखियो । उक्त भिडियो भाइ’रल भएपछी विभिन्न टिकाटिप्पणी हरु आए । त्यस्तै क्रममा सामाजिक कार्यमा सकृय रहेको युवाहरुको फेसबुक ग्रुप MRR (Men’s room reloaded) मा राखिएको एउटा पोस्ट अहिले हजारौले शेयर गरेकाछन । उक्त पोस्ट यस्तो छ :

“कति जनाको आमालाई kitchen को spelling थाहा छ ? कतिको आमालाई Struggle को spelling थाहा छ ? र कति को बाबालाइ life को spelling लेख्न आउछ ? न आए पनि कसरी उहाहरुले जीवन ,खुसि , दुख , संघर्ष सिका’उन सक्नु भएको होला ?

हो अहिलेका धेरै विद्या वारिधि गरेकाहरुलाई spelling न आउने गुरु बा आमाले नै पढाएका हुन। उहाहरुले वि’ज्ञान राम्ररी पढाउनु हुन्छ , लेख्नु हुन्छ तर Science को spelling आउदैन।

उहाहरुले भुगोल पढाउनु हुन्छ , तर Geography जान्नु हुन्न । गणित पढाउनु लेखाउनु हुन्छ तर Mathematics जान्नु हुन्न। अंग्रेजी भाषा नजान्ने , क्यामेरा अगाडि बोल्न ड’र मान्ने र सोझा
सिधा शिक्षक अझै पनि धेरै हुनुहुन्छ जो संग पढेर धेरै जना महान डाक्टर , इञ्जिनियर , मंत्री , प्रधानमंत्री बनि सके तर उहाहरुको स्थिति त्यहि पुराना काठका डेस्क
बेञ्चसंग खेल्दैमा बितेको छ । के अंग्रेजीमा केहि लेख्न न आउदै बेइजतको भागेदार बन्नु पर्ने ? हुन त Teacher खोजेकाहरुलाई गुरुबा गुरुमाको महत्व र सम्मानबारे के थाहा ? हाम्रा लागि क्लासमा फरर्र अंग्रेजीमा लेक्चर दिएर जाने Teacher भन्दा जीवन सिका’उने अंग्रेजी नजान्ने कुना कन्दरामा बसेका गुरुबा गुरुआमा ठिक हो ।

यसको अर्थ शि’क्षकहरु त्यहि अवस्थामा रहने भन्ने होइन , त्यसको विषयमा छुट्टै बहस गर्न सकिन्छ । तर गुरु बा गुरु आमाहरुको यस प्रकारको बेइज्जत गर्ने Youtube stunt घात’क हो। पाका उमेरका शिक्षक शिक्षिकाहरुले त्यो बेला कसरी आफुले शिक्षा हा’सिल गर्नु भयो र शिक्षा क्षेत्रमा उहाहरुको के कस्तो योगदान र संघर्ष छ भन्ने पनि खोजि गर्ने हो कि ? अथवा पार्टीका भक्ते शिक्षकहरुको केहि कथा निकाल्ने हो कि ? शिक्षक शिक्षि’काको त्यो अवस्था कसको कारणले आएको भन्ने जवाफ सबैसंग छ । बोल्न सक्दैनन् त्यति हो । शिक्षामा जुवा खेल्ने हरुको कथा छ कि बजारमा ?

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।