मोरङ, भदौ-९ गते मोरङ विराटनगर महानगरपालिका १२ बखरी स्थितबाट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का ३० बर्षीय मोहमद अम्जाद अली रहेका छन् । हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई भारतको जोगवनीबाट EFFIKEX ५ कार्टुन ( प्रति कार्टुन ७२ पिस, MICROSHOT १ कार्टुन (१८ पिस) , N-BIMELOX ७ कार्टुन ( प्रति कार्टुन ७२ पिस) प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो । पक्राउ परेका अलीलाई आज औषधी सहित आबश्यक कारबाहीको लागी औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाईएको छ ।
लागूऔषध सहित एक जना पक्राउ
मोरङ, भदौ-९ गते मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २० बर्षीय निखिल राय रहेका छन् । हिजो बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १५ एम्पुल, डाईजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।