मङ्गलबार, ०४ बैशाख, २०८१ 

तालिबानले अफगान नागरिकहरूलाई काबुल विमानस्थल ‘जान नदिने’

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताएका छन्। मङ्गलवार एउटा पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले ‘ती मानिसहरू घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने’ बताए। तर उनले अमेरिकाले मानिसहरूलाई विमानस्थलमा बोलाउँदै विमान चढाइरहेको आरोप लगाए।

अमेरिकी साझेदारहरूले अफगानिस्तानबाट अमेरिकी सेना फर्किने समयसीमा अगस्ट ३१ अगावै तालिबानको पुनरागमन हुँदा त्रसित भएर भागेका सबै अफगान नागरिकको उद्धार गर्न नसकिने बताएको केही घण्टापछि आयोजित पत्रकार सम्मेलनमा तालिबान प्रवक्ता मुजाहिद बोलेका हुन्।

अमेरिकी सेनाको नियन्त्रणमा रहेको काबुल विमानस्थलबाट अहिलेसम्म ५८ हजार जनाभन्दा केही बढी मानिस विदेश गएको बताइएको छ।तीमध्ये धेरैजसो विदेशी सेनासँग काम गरेका अफगान नागरिकहरू छन्।

तर तालिबान प्रवक्ता मुजाहिदले भने, “हामी अमेरिकीहरूलाई आग्रह गर्छौँ कि अफगानहरूलाई देश छाड्न नउक्साइयोस्… हामीलाई उनीहरूको कौशल आवश्यक छ।”

यसै महिनाभित्र ‘सबै विदेशी नागरिकलाई देशबाहिर लैजान समय रहेको’ भन्दै समयसीमा थपिएला भन्ने आफूलाई नलागेको तालिबान प्रवक्ताको भनाइ थियो।

विदेशी दूतावासहरूलाई सुरक्षा सुनिश्चित गरिएको बताउँदै त्यो बन्द वा छाड्ने काम नगर्न तालिबान प्रवक्ताको आग्रह थियो।

महिलाहरूलाई काममा जानका लागि स्थायी रूपमा रोक नलगाइने बताएका जबिहुल्लाह मुजाहिदले भने, ”हाललाई कुनै खराब व्यवहार नहोस् भन्नका लागि … त्यो उनीहरूकै हितमा छ।”

उनले अफगान सञ्चारमाध्यम, अस्पताल, शैक्षिक संस्था र स्थानीय सरकारहरूले पुनः काम गर्न थालेको बताए। प्रतिशोध लिन कसैलाई निसानामा नराखिएको र कुनै सूची नभएको बताउँदै उनले “विगतका सबै कुरा बिर्सिइएको” बताए।

तर राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को एउटा आपत्कालीन बैठकमा बोल्दै मानवअधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरकी प्रमुख मिशेल ब्याच्लेटले तालिबानबाट नियन्त्रित क्षेत्रहरूमा दुर्व्यवहारहरू भएका “भयानक र विश्वासिला” विवरण प्राप्त भएको बताएकी छन्।

जिनिभामा राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को एउटा आपत्कालिन बैठकमा बोल्दै ब्याच्लेटले सदस्य देशहरूलाई एउटा आह्वान गर्दै अफ्गानिस्तानलाई निगरानी गर्न एउटा प्रतिबद्ध निकाय खडा गर्न भनेकी छन्।

उनले भनिन्, “आधारभूत रेड लाइन भनेको तालिबानले महिला तथा किशोरीहरूलाई कसरी व्यवहार गर्छ भन्ने हो।” उनले अफगानिस्तानमा हत्या, बाल सैन्यको भर्ती, महिलाहरूमाथि विभेद र शान्तिपूर्ण प्रदर्शनमाथि दबाव सिर्जना गरिएको बताइन्।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।