आइतबार, ०२ बैशाख, २०८१ 

एक पाकिस्तानीले बिल गेट्सलाई झुक्याएर १२ अर्ब रुपैयाँ ठगे

संसारका सबैभन्दा धनी व्यक्तिहरुमध्येका एक बिल गेट्स पनि ठगीको शिकार भएका छन् । एक पाकिस्तानी व्यक्तिले बिल गेट्सलाई झुक्याएर झण्डै १२ अर्ब रुपैयाँ ठगी गरेका छन् । एक किताबमा ती व्यक्तिले बिल गेट्ससँग १०० मिलियन डलर ठगी गरेको दावी गरिएको छ ।

‘द की म्यानः द ट्रु स्टोरी अफ हाउ द ग्लोबल एलिट वाज डप्ड बाइ अ क्यापिटलिस्ट फेयरी टेल’ मा दावी गरिएको छ कि आरिफ नकवी नामका एक पाकिस्तानी व्यक्तिले बिल गेटससँग १०० मिलियन डलर ठगेका थिए । यो किताब सिमोन क्लार्क र विल लोचले लेखेका हुन् । किताबमा दावी गरिएअनुसार वास्तवमा आरिफ नकवी एक ठग थिए जो अर्बपछि व्यक्तिहरुको सम्पत्ति हडप्ने काम गर्थे ।

न्यूयोर्क पोस्टको एक रिपोर्टअनुसार आरिफ पाकिस्तानको एक निजी इक्विटी फर्मका प्रमुख थिए । उनी विश्वभरका लगानीकर्ताको पैसा फरक फरक व्यवसायमा लगानी गरिदिने काम गर्थे । यस क्रममा उनले बिल गेट्ससहित कैयौं धनाढ्यहरुसँग राम्रो सम्बन्ध बनाएका थिए । पछि यही सम्बन्धको फाइदा उठाएर उनले लगानी गर्ने नाममा बिल गेट्सबाट भारी रकम ठगी गरे ।
किताबका अनुसार आरिफ नकवीले १०० मिलियन डलर हेराफेरि गरेका थिए । यसमध्ये आधा रकमको कुनै हिसाबकिताब पाइएको छैन । यस्तोमा अब नकवीलाई जेल सजाय हुन सक्छ किनकि उनका एक कर्मचारीले सबै लगानीकर्तालाई इमेल पठाएर यो ठगीको जानकारी दिएका थिए ।

एक समय आरिफ नकवीको कद यतिसम्म बढेको थियो कि अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनलाई मुस्लिक व्यापारिक नेताहरुको शिखर सम्मेलनमा समेत बोलाएका थिए । यतिमात्र होइन अमेरिका सरकारले नकवीको एक कम्पनीमा करोडौं डलर लगानी समेत गरेको थियो । नकवीले पनि आफ्नो प्रभाव बढाउन ठूलो रकम दान दिएका थिए । बिल र मेलिन्डा गेट्सले जस्तै उनले पनि अमन फाउण्डेसन बनाएका थिए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।