टिकटककर स्मारिकाले आफ्नो डिभोर्सबारे बोलिन् , यथार्थ के हो ?
समदर्शी संचार, बुधबार, ०९ भदौ, २०७८, बिहानको ०७:४४ बजे
टिकटकबाट चर्चा बटुलेकी स्मारिका ढकालको डिभोर्स भएपछि सामाजिक संजालमा विभिन्न किसिमका स्टाटस, कमेन्ट आउने गरेको छ । केही दिन अघि उनका पूर्वपति विवेक अधिकारीले फेसबुक लाईभमार्फत आफु सहमतीमा नै छुटिएको जानकारी दिएका थिए ।
सामाजिक संजालमा भद्धा कमेन्ट आउन थालेपछि पुन स्मारिकाले सत्यतथ्य बुझ्न केही समय पर्खन र यथार्थ बुझेर मात्र बोल्न अनुरोध गदै सामाजिक संजालमा आएकी छिन् । उनले टिकटक लाइभ मार्फत यसो भनिन्ः– ‘‘मलाई यसबारेमा बोल्नु थिएन । तै पनि हजुरहरुको कमेन्ट, हजुरहरुको पोष्ट देखेर म बोल्न बाध्य भए । मैले अस्ति नै देखि भनी रहेको थिए । यस्तो कमेन्ट यस्तो पोष्ट नगरीदिन ुहोला भनेर । मेरो फेक एकाउन्ट बनाएर हजुरहरु के डिभोर्स भाको हो ? जस्ता पोष्टहरु गरिरहनु भएको छ । कमेन्टमा जे पायो त्यहि लेखी रहनु भएको छ । हजुरहरुलाई केही कुरा थाहा छैन । त्यसैले जे पायो त्यही नलेख्नु होला ।
मैले यो विषयमा केही बोलेको छुइन । मतलब केही होला नि त । हजुरहरुले बुझि दिनु पर्यो। मलाई थाहा छ हजुरहरुले माया गर्नुहुन्छ । मेरो बारेमा जान्न चाहनु हुन्छ । मेरो हरेक कुरा जान्न चाहनु हुन्छ त्यो म बुझ्छु । तर सही समय आएपछि सबै कुरा भन्छु ।
उनले कमेन्टको उत्तर दिदै भनिन् ‘ यो टिकटकबाट आएर ठुली भई अनि बुढालाई छोडी भनेर कमेन्ट गर्नु भएको छ । त्यस्तो होइन ।’
उनले आफ्ना दर्शक र फ्यानहरुलाई बोल्न पाउनु हुन्छ, तर यथार्थ थाहा पाएर मात्रै बोल्न अनुरोध गरिन् ।
ठुलो ठाउँमा पुगेर कसैले कसैलाई छोड्ने होइन । माया भनेको माया हो । जति नै ठूलो ठाउमा पुगेपनि बुढा बुढीको, बुवा आमाको माया नै होनि त ।
स्मारिकाले आफु विरामी भएको भन्दै नराम्रो प्रतिकृया दिएर मानसिक तनाबमा नपारी दिन आफ्ना फलोवर्स सँग अनुरोध गरेकी छिन् ।
लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...
समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...
दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...
बिर्तामोड, बैशाख ५। शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद...
हाम्रो बारेमा
समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।