शुक्रबार, ०७ बैशाख, २०८१ 

बंगलादेशमा नेपाली दालको माग प्रशस्त भएपनि निर्यात कम

८ भदौ, । मेचीनगर सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दैं व्यवसायीलाई निर्यात सहुलियत दिए पनि पूर्वीनाकाबाट मुसुरो दालको निर्यात चारवर्ष यता क्रमस ओरालो लाग्दैं गएको छ । सरकारले निर्यात प्रोत्साहन स्वरुप व्यवसायीहरुलाई ‘एस्सपोर्ट इन्सेटिफ’ निर्यात प्रोत्साहन भन्दैं ५ प्रतिशत सहुलियत दिएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।

प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार व्यवसायीले मुसुरो दाल निर्यात गर्दा निकासी वापत प्रतिकेजी १ रूपैयाँ निकासी दस्तुर बुझाउनु पर्छ । तर, सरकारले व्यवसायीलाई निकासी सहुलियत प्रदान गरे पनि काँकरभिट्टा नाकाबाट हुने मुसुरो दालको निर्यात व्यपार खासै सन्तोषजनक नरहेको बताइएको छ । पूर्वी काँकरभिट्टा नाका भएर निर्यात हुने मुसुरो दाल आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ चारवर्षको अवधिमा क्रमस घट्दोे क्रममा रहेको सरकारी तथ्याङ्क छ ।
क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/२०७८ मा काँकरभिट्टा नाका भएर २६ करोड ३० लाख ३० हजार रुपैयाँ मुल्य बराबरको १ हजार ८ सय १४ मेट्रिक टन मुसुरो दाल निर्यात भएको छ । जुन परिमाण अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ५७ करोड ८० लाख ८ हजार रुपैयाँ वा ४ हजार ८ सय ३७ मेट्रिक टन कम निर्यात हो । आर्थिक वर्ष २०७६/०७७ मा ८३ करोड ३८ लाख ३८ हजार वा ६ हजार ६ सय ५१ मेट्रिक टन मुसुरो दाल निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा मसुरो दालको निकासीमा केही वृद्धि भएपनि आर्थिक वर्ष २०७६/०७७ मा निकासी हवात्तै घटेको कार्यालयको भनाई छ । आर्थिक वर्ष २०७५/०७६ मा नेपालले १ अर्व ४१ करोड १ लाख २० हजार रुपैयाँ मुल्य बराबरको ११ हजार ५ सय ६८ मेट्रिक टन दाल बंगलादेश निकासी गरेको सरकारी तथ्याङ्क छ । आर्थिक वर्ष २०७४ /०७५ मा यो नाका भएर ९५ करोड ५४ लाख ४० हजार रुपैयाँ मुल्य बराबरको १० हजार ६ सय १६ मेट्रिक टन मुसुरो दाल बंगलादेश निर्यात भएको थियो ।

दाल निकासीमा नेपाल सरकारले कृषि भएकाले भ्याट छुट दिएको छ । तर, व्यवसायीहरुले मुसुरो दाल निर्यातका क्रममा अनिवार्यरुपमा खाद्य प्रयोगशालाको सिफारिश पेश गर्नुपर्ने भन्सार अधिकारीहरु बताउछन् । व्यवसायीले खाद्य प्रयोगशालाको सिफारीश पेश गरे पछि निकासी वापत प्रतिकेजी १ रूपैयाँ निकासी दस्तुर वाहेक अन्य केही रकम बुझाउनु नपर्ने प्रमुख भन्सार अधिकृत विश्वकर्माको भनाई छ । तेस्रो मुलुकबाट आयात भएको दालमा कृषि छुटमा १० प्रतिशत महशुल बुझाउनुपर्छ ।

भारतले निर्यातमा प्रतिबन्ध गरेको मुसुरो दाल बासमती चामललगायतका कृषिजन्य वस्तु पर्याप्त मौज्दात भएपछि मात्र उसले यस्ता वस्तुको कोटा प्रणालीमा निर्यात गर्ने गरेको छ । बंगलादेशमा भने यो प्रणली छैन् ।
नेपालमा उत्पादित मसुरो विशेषगरी बंगलादेश मात्रै निर्यात हुने गरेको प्रमुख भन्सार अधिकृत विश्वकर्माको भनाई छ । नेपालमा उत्पादित मुसुरो दालको माग बंगलादेशमा अत्यन्तै भएपनि माग अनुसार पूर्ति गर्न नसकिएको नेपाली सरकारी अधिकारीहरुको भनाई छ । ‘बंगलादेशमा झण्डै १८ करोड भन्दा बढी जनसंख्या छ’ प्रमुख भन्सार अधिकृत विश्वकर्माले भन्नुभयो—‘ अनि नेपालमा उत्पादित मुसुरो दालको माग बढी भएपनि नेपालले बंगलादेशको माग अनुसार मुसुरो दाल निर्यात गर्न सकेको छैन् । ’

बंगलादेश निकासी गर्दा त्यहाँ कुनै पनि प्रकारको महशुल बुझाउनु नपर्ने, निर्यात विना झण्डझट सहजरुपमा गर्न सकिने वातावरण हुदाँहुदैं नेपालले पर्याप्तरुपमा मुसुरो दालको निर्यात गर्न नसकेको नेपाली अधिकारीहरुको भनाई छ ।

नेपालमा उत्पादित दालले नेपाली बजार धान्न नसकेका कारण कहिले काहि भारतले मुसुरो दाल निर्यात गर्ने गरेको भन्सार अधिकारहिरुको भनाई छ । नेपकलको केही केही बजार भारतबाट आयतित दालले ओगटेको नेपाली व्यवसायीहरुको भनाई छ । मुख्यःत भारतबाट दाल आयात हुने भएपनि नेपालमा उत्पादित दाल बंगलादेश निर्यात हुने गर्छ । नेपालमा उत्पादित दाल गुणस्तरीय र स्वादिष्ट हुने भएकाले पनि बंगलादेश बढी निर्यात हुदैं आएको व्यवसायीहरुको भनाई छ । नजिक पर्ने भएकोले बंगलादेशले सकेसम्म दाल आयात गर्न चाहेको नेपाली दाल व्यवसायीहरुको भनाई छ । व्यवसायीहरुका अनुसार नेपालमा उत्पादित दालमध्ये २० प्रतिशतमात्रै नेपालको आन्तरिक बजारमा खपत र वाकी सवै निर्यात हुने गरेको छ ।

दाल निर्यातले नेपालको बजारलाई नकरात्मक असर पारेको भन्दैं नेपाल सरकारले नेपालमा प्रयोग हुने सात प्रकारका दालको निकासीमा केहि वर्षअघि परिणात्मक प्रतिबन्ध लगाएको थियो । नेपालमा दालको उत्पादन कम भएका बखत नेपालमा उत्पादित दाल नेपालमै खपत होस भन्ने उद्देश्यले नेपाल सरकारले दाल निकासीमा परिणात्मक प्रतिबन्ध लगाएको नेपाली व्यवसायीको भनाई छ ।

छिमेकी मुलुकहरु बंगलादेश र श्रीलंकाले नेपालसंग दाल निर्यात खुला गरिदिन आग्रह गरे लगत्तै केहि महिनामै नेपालले नेपालको बजारलाई नकरात्मक असर नपर्ने गरी मुसुरो दाल निकासीको अनुमति दिने प्रक्रिया सुरु गरेको थियो । नेपाली व्यवसायीहरुले पनि मिलमा मुसुरोको दाल थुप्रिएको भन्दैं प्रतिबन्ध खुल्ला गर्न सरकारमाथि निरन्तर दबाब दिदै आएका थिए । छिमेकी राष्ट्र र स्वदेशी व्यवसायीको आग्रहलाई मध्यनजर गदैंँं सरकारले प्रतिबन्ध खुला गरेको बताइएको छ ।
साभारः meromechinagar.com

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।