मैवाखोला गा.पा. ढुङ्गेसाँघु ३, ताप्लेजुङ्ग घर बताउँने (हाल गोठेटार ९ काठमाडौ) बसोबास गर्दै आएका ४० वर्षिय मनोज लिम्बु काठमाडौको टेकु असपतालमा कोभिड संक्रमित भई सिकिस्त अवस्थामा छन् ।
पवन तिगेला खेवाको फेसबुक स्टाटस मार्फत आफन्तहरुलाई सम्पर्कमा आउन अनुरोध गरिएको छ । उनले स्टाटसमा लेखेका छन् – ‘केही दिन देखि कोभिड संक्रमण भई कान्तिपुर अस्पताल काठमाण्डौमा उपचार गराइदै आएका थिए । अहिले सम्म ६ लाख रुपैयाँ उपचारमा खर्च भईसकेको छ ।’
सो स्टाटसमा विरामीको अवस्था गम्भीर हुँदै गएको बताईएको छ । टेकु अस्पतालको बेड न.४, भेण्डिलेटरमा उपचार गराउँदै आएका मनोजको परिवारको सदस्यहरु कोही पनि सम्पर्कमा आएका छैनन् ।
हाल प्रितम लिम्बु र शान्ता लिम्बु दिदि बहिनीले उपचार गराउँदै आएका छन् । उनीहरु सँग भएको रकम उपचार मै सकिएको र थप उपचार गर्नको लागि रकम अभाव भएको जनाइएको छ । विरामी मनोज प्रितम लिम्बुको घरमा डेरा बस्दै आएका थिए । परिवारका सदस्यहरुले प्रितम लिम्बुको मोबाइल ९८६०६२२६३२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।