बिहिबार, २४ असोज, २०८१ 

सुनसरी महेन्द्रनगरमा एक जना ब्राउन सुगर सहित पक्राउ

सुनसरी, भदौ ८, गते । सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका ८ शुक्रवारेबाट हिजो साँझ साढे ६ बजे थप १ जना लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सुपौल थाना बिरपुर बनेलीपट्टी ३ का २५ बर्षीय रुद्रनारायण कुमार यादव रहेका छन् । गत ६ गते ब्राउन सुगर सहित पक्राउ परेका मानिसहरुले दिएको सुचनाको आधारमा यादवलाई ब्राउन सुगर ५२ ग्राम र उनले प्रयोग गरेको बिआर ५० के.०३८६ नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाईकल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका यादव सोधपुछ गर्दा यस अघीनै पक्राउ परेका पुरुषोतम मेहताको घरमा थप ब्राउन सुगर लुकाई राखेको छ भनि खुलाई दिए पश्चात प्रहरी गई मेहताको घरमा खानतलासी लिदा थप १७ ग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

लडेर एक जनाको मृ’त्यु

पाँचथर, भदौ ८, गते। पाँचथरको फिदिम नगरपालिका ८ घलेगाँउ का ६५ बर्षीय पदम बहादुर राईको लडेर मृ’त्यु भएको छ । हिजो बेलुका साढे ७ बजे राई मलामी गई फर्कने क्रममा फिदिम १४ बाँसबोटे स्थितमा रहेको भिरबाट अन्दाजी १०० मिटर तल झरी मृ,त अबस्थाममा उनकै छोराले फेला पारेका थिए । घ,टना स्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

साथी सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

शिवसताक्षी १, धरमपूर बजार स्थीत साथी बहुउदेश्य सहकारी संस्था लि.ले आज तेस्रो वार्षिक साधरण सभा सपन्न गरेको छ । संचालक समिति अध्यक्ष दिल बहादुर लिम्बुको अध्यक्षता, शिवसताक्षी वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको...

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।