सुरज लिम्बु, मङ्गलबार, ०८ भदौ, २०७८, दिउँसोको १२:१३ बजे
गोर्खा घर भएका विशाल क्षेत्री रुपन्देहीको सैेनामैनामा भेटिएका थिए ।
संचारकर्मीले भेटेका ती बालकले आफु बिसाल क्षेत्री भएको र घर गोर्खामा रहेको बताएका थिए ।
कुराकानीको क्रममा उनले आफु अर्काकोमा बसेर काम गनुपर्ने बाध्यता देखाउँदै भने– ‘‘सानै उमेरमा मेरो आमा अर्को सँग पोइला जानु भयो अनि बाबाले कान्छी आमा ल्याउँनु भयो । कान्छी आमाको पिटाई सहन नसकेर पढ्ने रहर हुदाँहुदै घर छोडेर अर्काकोमा बस्न बाध्य भएँ ।’’
गोर्खा जिल्लाको पालङटार नगरपालीका वाड नं ६, जैसी थोकमा बालकको घर पर्दछ । बिशाल कान्छीआमाको पीरले केही समय मावली घरमा गएर बसेका थिए । त्यहाँ पनि मावली हजुर बुवाले मातेर पिट्ने गरेकाले उनी भागेका थिए ।
सधैजसो खाना खाने बेला केही न केही निहँु पारेर हजुरबुवाले पिट्ने गरेको उनले बताए । उनले भने– ‘‘ त्यसपछि यी सब कुराहरु सहन नसकेर रुपन्देही आएर काम गर्न थालें । म साने बालकलाई कसले पत्याउँछ र ?’’ मालीकले काम गरेको ज्यालो नदीएपछि फेरि घर फर्कन चाहेर पनि फर्कन नसकेको उनल बताए ।
त्यसै क्रममा संचारकर्मीले उद्धार गरेर घर पुर्याए पछि घरको माहोल खुशीले छाएको छ । उनको हजुरआमा र दिदिहरु वियोगको पिडा सम्झदै धर्धरी रोएको दृश्यले भावुक बनाउँछ । बिशालले आफ्नो घर नजिकै रहेको मावली घरमा बस्ने निर्णय गरेका छन् । मावली घरमा हजुर आमा, हजुर बुवा र दिदिगरी ३ जनाको परिवार रहेको छ ।
लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...
समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...
दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...
बिर्तामोड, बैशाख ५। शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद...
हाम्रो बारेमा
समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।