बिहिबार, १५ चैत, २०८० 

नौ जना नेताहरु ओलीको टाङमुनि छिर्छन् भन्ने थाहा थियोः रामकुमारी झाँक्री

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले भीम रावलसहितका नौ जना नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको टाङमुनि छिरेको आरोप लगाएकी छिन् ।

प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठक राखिएको चन्द्रागिरि रिसोर्टको केबलकार स्टेशनमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उहाँहरु (भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित ९ जना ) केपी ओलीको टाङमुनि जानुहुन्छ भन्ने थाहा थियो, सोमबार बालकोटमा भएको समझदारीप्रति संकेत गर्दै झाँक्रीले भनिन् ।

उनले सय भन्दा बढी नेताहरु बस्नुपर्ने भएकाले एकै ठाउँ सहज होस् भन्नका लागि चन्द्रागिरि रिसोर्ट नै रोजिएको पनि बताएकी छन्।
उनले उक्त रिसोर्ट बसाइमा नयाँ पार्टीको घोषणा, नेकपा एकीकृत समाजवादीको अन्तरिम विधान अध्ययनका लागि आजै वितरण गर्ने तयारी भएको बताइन् ।
त्यसमाथि भोलि दिनभर ३१ जना सांसदसहित छलफल गरेर निर्णय गर्ने उनले बताइन्। बुधबार निर्वाचन आयोगबाट नया दलको मान्यता पाएपछि हामी काम अगाडि बढाउँछौँ, उनले भनिन् ।

उनले चन्द्रागिरि रिसोर्ट नयाँ पार्टीको खाका कोरिने पनि बताइन्। हामी पहिले नयाँ पार्टी बनाउन तयार छौँ । यो ठाउँ रोज्नुको कारण छलफल गर्न मात्रै हो । उनले भनिन्, हामीसँग भएका साथीहरू स्पातिलो छौँ । हामीलाई कसैले खोस्न सक्दैन । भोलि छलफल सकियो भने जान्छौँ । सबै एकै ठाउँ बसेर छलफल गर्न मात्र चन्द्रागिरि रोजेका हौ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।