बिहिबार, १५ चैत, २०८० 

गाँजा र भरुवा बन्दुक सहित २ जना पक्राउ

खोटाङ, भदौ-७ गते ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ स्थितबाट गाँजा र भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरिएको छ । हो दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६५ बर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र सोही स्थानका ३७ बर्षीय खगेन्द्र राईको घरमा लुकाई राखेको १ थान भरुवा बन्दुक बरामद भएको छ । गाँजा र बन्दुक बरामद भए सगै दुवैजना मगम र खगेन्द्रलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।


ब्राउन सुगर सहित ६ जना पक्राउ
सुनसरी, भदौ-७ गते ।
सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । हिजो बेलुका ७ बजे बराहक्षेत्र नगरपालिका ३ बाङ्गे स्थितबाट ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर RIT समुहबाट खटिएको ‍प्रहरी टोलीले बिशेष सुचनाको आधारमा ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान ६ का पुरुषोतम मेहता, २९ बर्षीय बिशाल बस्नेत, सोही स्थान ९ का २८ बर्षीय पाथे चन्द्रबंशी, र २८ बर्षीय जयन्त माईला रहेका छन् । प्र १-०२-०४४प ४५५६ र प्र१-०२-०४२ प ४२२९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुलाई शंका लागी चेक जाँच गर्ने क्रममा मेहताको साथबाट ब्राउन सुगर ७ ग्राम ४३० मिलिग्राम फेला परेकोले दुवै मोटरसाईकल र चारै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगी थप अनुसन्धान भईरहेको छ ।

त्यस्तै सुनसरीकै धरान १० स्थित रहेको ड्रिमल्याण्ड होटलबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सप्तरी राजविराज नगरपालिका ११ का ३० बर्षीय वर्मदेव चौधरी र धरान ३ का २४ बर्षीय मो. नुरदिनलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।