बुधबार, १२ बैशाख, २०८१ 

त्रिविको स्थगित परिक्षा असोजभित्रै, भर्चुअल विधिबाट परिक्षा लिने तयारी

व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा विद्यार्थीले दुई विषयको परीक्षा दिएका थिए भने दुई विषय बाँकी थियो । यो अवस्थामा विद्यार्थीको परीक्षा रोकिँदा शैक्षिक सत्र बिग्रनुका साथै माथिल्लो अध्ययनमा समेत अवरोध हुने भएपछि बाटो खोल्ने तयारी भएको हो । धेरै विद्यार्थीले आफ्नो भविष्य डामाडोल भएको र थप करियर बन्द भएको गुनासो गरेपछि विकल्प खोल्ने दबाब विश्वविद्यालयका पदाधकिारीलाई परेको थियो ।

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ ।

विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले स्थगित परीक्षा लिने विषयमा आफूहरू अन्तिम निर्णयमा पुगेको जानकारी दिए। खासगरी स्नातकोत्तर तहका सेमेस्टरमा केही विषय परीक्षा दिएका र केही बाँकी रहेका विद्यार्थीको हकमा निकास निकाल्ने निर्णय विश्वविद्यालयका पदाधिकारी तथा डिनहरूको बैठकले गरेको छ ।

व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा विद्यार्थीले दुई विषयको परीक्षा दिएका थिए भने दुई विषय बाँकी थियो । यो अवस्थामा विद्यार्थीको परीक्षा रोकिँदा शैक्षिक सत्र बिग्रनुका साथै माथिल्लो अध्ययनमा समेत अवरोध हुने भएपछि बाटो खोल्ने तयारी भएको हो । धेरै विद्यार्थीले आफ्नो भविष्य डामाडोल भएको र थप करियर बन्द भएको गुनासो गरेपछि विकल्प खोल्ने दबाब विश्वविद्यालयका पदाधकिारीलाई परेको थियो ।

वैकल्पिक विधि तय गरिँदै
अहिलेकै अवस्थामा विद्यार्थीको लिखित परीक्षा गर्न नसकिने निष्कर्षमा विश्वविद्यालयका पदाधिकारीहरू पुगेका छन् । व्यवस्थापन सङ्कायका डिन शर्माले लिखित सम्भव नभएको अवस्थामा विद्यार्थीको व्यक्तिगत उपस्थिति या भर्चुअल विधिबाट परीक्षा गरी निकास निकालिने जानकारी दिए ।

यसमा निर्णय लिन विश्वविद्यालय तथा डिन कार्यालय स्वतन्त्र रहेको जनाइएको छ । परीक्षा लिन बाँकी विषयका हकमा भर्चुअल विधिबाट परीक्षा लिन विश्वविद्यालयका पदाधिकारीलाई सुझाव प्राप्त भएको छ ।

विद्यार्थी खोज्न सुरु
विश्वविद्यालयले परीक्षा स्थगित भएपछि सम्पर्कविहीन भएका विद्यार्थीको खोजी सुरु गर्ने भएको छ । विद्यार्थीको खोजीपछि बल्ल कति विद्यार्थी छन् भन्ने यकिन हुने भएकाले कसरी परीक्षा लिने निर्णय गर्न सकिने जनाइएको छ । यसअघि चैतमा स्थगित परीक्षा पुरानै परिपाटीबाट लिइएको थियो भने देशभर एकैसाथ परीक्षा चलाइएको थियो ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले पहिलेको जस्तो अवस्था अहिले नरहेको स्पष्ट गर्दै कुनै फरक विधिबाट परीक्षा लिई विद्यार्थीको नतिजा प्रकाशित गरिने बताउनुभयो । यसका लागि डिन कार्यालयहरूलाई नै अधिकार दिइएको छ ।

विश्वविद्यालयले स्नातकोत्तर तहको चौथो सेमेस्टरका विद्यार्थीलाई परीक्षा पूरा नभए पनि अनुसन्धान शोधपत्र (थेसिस) गर्न बाटो खोलिदिएको छ । स्थगित परीक्षा फरक विधिबाट सञ्चालन गरेर पनि विद्यार्थीलाई शैक्षिक सत्र सदुपयोग गर्ने तयारी गरेको विश्वविद्यालयले थेसिस लेखन कार्य अघि बढाउन अनुमति दिएको हो ।

यसअघि परीक्षा नसकेको अवस्थामा विद्यार्थीलाई थेसिस गर्न अनुमति दिइँदैनथ्यो । विद्यार्थीलाई थेसिस तयार पार्न पनि चार–पाँच महिना लाग्ने र त्यो बेलासम्म फरक तरिकाबाट परीक्षा लिएर नतिजा प्रकाशन गर्न बाटो खुल्ने भएकाले यस खालको निर्णय गरिएको जानकारी डिन शर्माले दिनुभयो । स्नातकोत्तर तहमा व्यवस्थापन लगायतका कतिपय सङ्काय तथा अध्ययन संस्थानमा शोधपत्र अनिवार्य गरिएको छ । कतिपय विषयका हकमा विद्यार्थी आफ्नो खुसीले शोधपत्र लेख्ने गर्छन् ।

परीक्षा नदिए पनि माथिल्लो सेमेस्टर
यसैबीच त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा सेमेस्टर प्रणालीमा सञ्चालित परीक्षा सञ्चालन हुन नसके पनि विद्यार्थीलाई माथिल्लो सेमेस्टरमा पढाउन थालिएको छ । विगतमा विद्यार्थीले एक तहको सेमेस्टरको परीक्षा सकेर मात्र अर्को सेमेस्टरमा जाने अभ्यास रहेकोमा यसपटक भने परीक्षा नै नदिएको अवस्थामा पनि अर्को सेमेस्टरमा अध्ययनका लागि विश्वविद्यालयले बाटो खोलिदिएको हो ।

यसको कार्यान्वयन गर्दै आफूहरूले कक्षा सञ्चालन सुरु गरेको पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले जानकारी दिए। यसबाट विद्यार्थीको शैक्षित्र सत्र सदुपयोग हुने जनाइएको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशन भएकाे छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।