सोमबार, ०३ बैशाख, २०८१ 

आइसीसीबाट आउने १२ महिनाको तलव खेलाडी पाउनेभए

काठमाडाैं/नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई एक बर्ष अर्थात सन् २०१९ को तलवका लागि आइसीसीले सबै प्रक्रिया पुरा गरेर पठाइसकेको छ । आइसीसीले अगष्ट २८ तारिखमा खेलाडीको तलवको फन्ड रिलिज गर्ने र त्यसका लागि आवश्यक कागजहरु पठाउन भनेपछि क्यानले दुई दिन अगाडी सबै काम सम्पन्न गरेको छ ।

अब यो साताको अन्तिम वा ढिलोमा अर्को साताको मंगलबारसम्म खेलाडीले १२ महिनाको तलव पाउनेछन । नेपाल क्रिकेट संघ अस्तित्वमा आएपछि आइसीसीले क्यानको मार्फत नै २०१९ को तलव पठाउने भएको छ । जसमा यसपटक १२ महिनाको तलव खेलाडीले पाउने छन ।

क्यानले २०१९ को अन्तिममा आइसीसीलाई सबै ग्रेडमा खेलाडीको तलव १० हजार बढाउन आग्रह गरेको थियो । जुन आइसीसीले सहजै स्विकार गरेको थियो । अब खेलाडीले यसअघि पाउँदै आएको तलवमा १० हजार बढि पाउनेछन ।

यसको अर्थ ए श्रेणीमा रहेका खेलाडीले ३५ हजारको सट्टा ४५ हजार पाउनेछन भने बी श्रेणीको खेलाडीले २५ को सट्टा ३५ हजार पाउनेछन । यस्तै सी ग्रेडको खेलाडीले १५ हजारको सट्टा २५ हजार पाउनेछ ।

अब पाउने तलवमा खेलाडीले एक लाख २० हजार रुपैयाँ बढेको तलवमात्र पाउनेछन ।

कुन खेलाडीले कति तलव पाउनेछन ?

२०१९ मा बर्गिकरण गरिएको श्रेणी अनुसार ए मा सात जना खेलाडी थिए । ए श्रेणीमा रहेका खेलाडीले आइसीसीबाट आउने एक बर्षको तलवबाट जनही पाँच लाख ४० हजार रुपैयाँ पाउनेछन ।

त्यो रकम पाउने खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी छन ।
यस्तै बी श्रेणीमा रहेका खेलाडीले जनही ४ लाख २० हजार पाउनेछ ।

यो रकम पाउने खेलाडीमा ललित भण्डारी, रोहित पौडेल, करण केसी, ललित राजवंशी, आरिफ शेख, अनिलकुमार शाह छन ।

सी ग्रेडमा रहेका खेलाडीले बढेको तलव अनुसार १२ महिनाको तीन लाख रुपैयाँ पाउनेछन ।

त्यो रकम पाउने खेलाडीमा सागर पुन, सुवास खकुरेल, दिलिप नाथ, सुनील धमला, प्रदिप ऐरी, विनोद भण्डारी सुशन भारी छन ।

लामो समयको पर्खाईपछि खेलाडीले १२ महिनाको तलव पाउने निश्चित भएको छ । तर बाँकी नौ महिनाको तलव क्यानले नयाँ सम्झौता र नयाँ बर्गिकरण गरेर दिने बताएको छ । तर त्यो बर्गिकरणको मोडल तोकेको समितीले क्यानलाई बुझाइसकेको छ ।

तर क्यानको बोर्ड बैठक बस्न नपाएकाले फाइनल हुन सकेको छैन । आगामी बोर्ड बैठकले खेलाडीको नयाँ बर्गिकरण फाइनल गर्ने भएको छ । (साभार)

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।