सोमबार, ०३ बैशाख, २०८१ 

राष्ट्रिय झण्डा जलाएको फुटेजप्रति आदिवासी जनजाति आवद्ध ९ संस्थाहरुको संयुक्त विज्ञप्ति

काठमाडाैं/नेपाल देशको राष्ट्रिय झण्डा जलाएको फुटेजसहित गेल्जेन दोर्जे तामाङको समूहले र्याप गीतको भिडियो सार्वजनिक गरेपछि मिडिया र सामाजिक सञ्जालमा विभिन्न रूपले पक्ष–विपक्षमा भइरहेको बहसप्रति आदिवाशि जनजाति आवद्ध ९ वटा जातीय संस्थाहरुले एक संयुक्त विज्ञप्ति जारि गर्दै संम्बन्धित पक्षहरुमा ध्यानाकर्षण गराएको छ ।

झण्डा जलाउनेले भन्दा झण्डा हल्लाउनेबाट देशको यो अवस्था सिर्जना भएको र इतिहासका कालखण्डहरूमा बारम्बार राष्ट्रघाती तुच्छ कार्यहरू ,पूर्वराजा, प्रधानमन्त्री, सेलिबे्रटि लगायतबाट नै देशको नक्सा, झण्डालाई अपमानजनक ढङ्गले दुरुपयोग गरिएको तर यो पछिल्लो झण्डा जलाउने घट्नाका दोषिहरु माथि मात्र राज्यले कार्बाहि प्रकृया अगाडि बढाउन खोजेकोले राज्यको अन्यायपूर्ण र असमानजनक व्यवहार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस विज्ञप्तिको पूर्ण विवरणस्

नेपाल देशको राष्ट्रिय झण्डा जलाएको फुटेजसहित गेल्जेन दोर्जे तामाङको समूहले ¥याप गीतको भिडियो सार्वजनिक गरेपछि मिडिया र सामाजिक सञ्जालमा विभिन्न रूपले पक्ष–विपक्षमा भइरहेको बहसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

अपुरो र अधुरो वर्तमान नेपालको विभेदकारी संविधानले राष्ट्रिय जनावर गाई, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय पक्षी डाँफे हुने व्यवस्था गरेको छ । तर, ती चिह्नहरूले नेपालका जात, जाति, भाषा, धर्म, संस्कृति, भूगोलले सिँगारिएको विविधतायुक्त र बहुल राष्ट्रियतालाई समेटेको छैन । राजाकालीन, राणाकालीन हुँदै पञ्चायतकालीन शासन व्यवस्थासम्म लामो समय एकात्मक, केन्द्रीकृत, हिन्दू राज्य सञ्चालनले स्थापित गरेको एकलकाँटे विम्ब र प्रतीकहरू संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा बद्लिनुपर्छ भन्ने सवाल आदिवासीलगायत अन्य न्यायपूर्ण आन्दोलनले निरन्तर उठाउँदै आएको अवगत नै छ ।

झण्डा जलाउनेले भन्दा झण्डा हल्लाउनेबाट देशको यो अवस्था सिर्जना भएको र इतिहासका कालखण्डहरूमा बारम्बार राष्ट्रघाती तुच्छ कार्यहरू भएको कुरा सबैमा जगजाहेर नै छ । पूर्वराजा, प्रधानमन्त्री, सेलिबे्रटि लगायतबाट नै देशको नक्सा, झण्डालाई अपमानजनक ढङ्गले दुरुपयोग गरिनु र यो पछिल्लो झण्डा जलाउने घट्ना सबै निन्दनीय कार्य हुन् जसको हामी खेद व्यक्त गर्दछौं ।

उल्लेखित घट्नाका सम्बन्धमा राज्यले सबैलाई समान ढङ्गले कारबाही गर्नुपर्नेमा पछिल्लो घट्नाका दोषीलाई मात्र कार्बाही प्रक्रिया अगाडि बढाउनु राज्यको अन्यायपूर्ण र असमानजनक व्यवहार हो । यस किसिमको गलत गतिविधि गर्नेहरूमाथि राज्य समान रुपमा प्रस्तुत हुन आग्रह गर्दछौं ।

राज्य सरकार र जिम्मेवार नागरिकले विभेद, अपमान, अत्याय, अत्याचारको प्रतिकारको रूपमा प्रकट हुने जुनसुकै विषय र घट्नालाई गम्भीरतापूर्वक लिएर सबै वर्ण, वर्ग, नश्ल, जात, जाति, भाषा, धर्म, संस्कृति र भूगोलका नागरिकको भावनाको सम्मान हुने र प्रतिविम्बित हुने गरी राष्ट्रिय चिह्नहरूको नयाँ निर्माण नगरेसम्म समाजमा द्वेष र घृणा फैलाउने अतिवादी तत्वहरूले ठाउँ पाइरहने समेत ध्यानाकर्षण गर्न गराउन चाहन्छौं ।

कोभिड–१९ को विरुद्ध सबै एकजुट हुन अपिलसहित, जय आदिवाशि जनजाति ।
(नयाँ अनलाइन बाट)

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।