शुक्रबार, ०७ बैशाख, २०८१ 

मरी सकेको सपनाले पुर्न जीवन पायो– निरन्ता नेम्बाङ

गायिका निरन्ता नेम्बाङको चर्चा चुलिँदो छ । उनले २०७६ मा गायनमा डेब्यु गरिन् । पहिलो गीत थियो– ‘माया जालमा परेपछि ।’ जसमा राज आँसु लिम्बुको शब्द रचना एवं उदिम राईको संगीत सुन्न सकिन्छ ।

नेपाली भाषाको ‘बरको हाङ्गा’, ‘चाडै फर्की’, ‘तिमीलाई माया गरे’, लगायत दर्जनौं गीतहरुमा स्वराङ्कन गरेकी छिन् । उनले गायक निकेश राई सँग पूर्वेली लोकभाका ‘ए हौ सोल्टिनी’ गाएकी छिन् ।

पछिल्लो समय लिम्बु भाषा सँस्कृतीमा आधारित पालम, हाक्फारेहरु बढी गाएकी छिन् । ‘थोक्फेला पालम साम्लो’, ‘अन्दङ फुङ’, ‘माङ्गेना लासो’, ‘आनी याक्थुङबा’, ‘लाम्देम्बा मिम्जी’ लगायतका पालमहरु छन् । निक्कै लामो फेहरिस्त बन्छ । उनको योगदान लिम्बु समुदायको निम्ति अमुल्य निधि बन्ने निश्चत छ ।

निरन्ता नेम्बाङ ठाकुर प्रसाद नेम्बाङ र पन्चहाङ्मा नेम्बाङको कोखबाट जन्मिन् । पाँचथरको चिसो मौसममा हुर्किन, बढिन् । चिलिङदिन् गाविसको पखेरीबारीहरुमा घाँस–दाउरा गरिन्, माथी लेकका हरिया चौरहरुमा गाईबस्तु गोठला गरिन् । फदाङ्लुङमा सपनाको भाकल गरेर सेवा पुजा गरिन् । तिनै पाखा पखेराहरुमा चासोक तङ्नामहरुमा पालम गाइन् । जिन्दगी यस्तै हो भन्ने उनलाई लागेको थियो ।

२०६४ सालमा सिताराम लिम्बुसँग उनको विवाह भयो । छोरा समिप र छोरी समिक्षाको जन्मभयो । त्यसपछि घरगृहस्थी जीवन शुरुभयो । उनले गायन क्षेत्रमा लाग्ने सपना आज आएर यसरी पुरा हुन्छ भनेर कहिले सोचेकी थिइनन् ।

जब सामाजिक सञ्जालमा प्रवेश गरिन् । साथीहरुसँग कुराकानी भयो । गीत सुन्ने सुनाउँने भयो । साथीहरुले प्रसंशा गरे । हौसला दिए । साथीहरुको माझमा गीत गाइन् । त्यही उत्साह आज साँगीतिक आकाशमा फुलेको छ । लाखौं स्रोताहरु त्यसको सुगन्धमा मोहित भएका छन् । आफुले पहाडी भेगमा विताएका ती कठिन दिनहरु सम्झेर उनले भनिन् ‘ ‘सामाजिक सञ्वालमा भेटिएका साथीहरुको कारण आज मरी सकेको सपनाले फेरि नयाँ जीवन पाएको छ ।’ उनले थपिन् –‘ मेरो जीवनसाथीको भरपुर साथ र सहयोगले म सपनाको नजिक पुग्दैछु, वहाँ र मेरो लाखौं शुभचिन्तकहरुको माया र हौसला कहिले भुल्ने छैन ।’
यो पनि हेर्नुहोस्, गायिका निरन्ताको रमाइलो अन्तवार्ता

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।