
गायिका खुशी थुलुङ राई, आफ्नो जन्म गाउँ सन्दकपुर इलाम छोडेर साँगीतिक धरातलमा भविष्य रोप्न राजधानी छिरेको ७ वर्ष भयो । सन्दकपुरको काखमा नाचेर विताएको बाल्यकालको सम्झना खुब आउँछ उनलाई । सानो छँदाको रुची नृत्यमा थियो रे । त्यसपछि करिब १० वर्षको उमेरमा गाउँन थालिन् । अन्तत उनले गायन क्षेत्रमा नै बनाइन् सपनाको सानो संसार अनि नाम जस्तै खुशी छिन् सँगीतको संसारमा ।
बुवा राम बहादुर राई र आमा बिना राईबाट जन्मिएकी उनी भन्छिन् ‘‘मेरो दाजु गीत रचना गर्नु हुन्छ, परिवारमा साँगीतिक माहोल छ ।’’ गाउँबाट एसएलसी गरेपछि सिर्जना कलेज अफ फाईन आर्टस उत्तर ढोका लैनचोर काठमाडौंबाट प्लस टु र ललिकला क्यामपसबाट ब्याचलर पुरा गरेकी छिन् ।
गीतकार प्रकाश थुलुङ्गको शब्द , ईन्द्र आर.पि. को संगीतमा रहेको ‘ सपनीमा निस्ठूरी त्यो…’ बोलको गीतबाट साँगीतिक दुनियाँमा पहिलो कदम राखिन् । त्यसपछि लगातार ‘ आउन पर्देशी, काली छु कि गोरी, देख्न मन लागे, शीतल शीतल जस्ता दर्जनौ गीतहरुका आफ्नो आवाज पस्केकी उनको ८ महिना अघि सार्वजनिक भएको ‘कति मिठो’ चर्चामा छ । डिपी खनालको शब्द र बिक्रम राईको संगीतमा बनेको गीत ‘ कति मिठो ’ प्रति खुशी अलिक बढी आशावादि छिन् ।
खुशीको स्वरमा मौलिकता छ । अझ मौलिक शब्द र संगीतको लयमा उनको आवाज सुहाउँछ । उनले दिएका अन्तवार्ताहरुमा भन्ने गर्छिन् ‘संगीतमा मेरो जीवन व्यथित गर्नेछु । ’ यसैबाट स्पष्ट हुन्छ कि गायनमा उनको गहिरो रुची छ ।

अधिकाशं गायक÷ गायिकाहरु कर्णप्रिय सदावहार गीतहरु गाउनु भन्दा स्टेज पफर्म गर्दा दर्शक नचाउँने खालका गीत गाउनुमा रुची राख्ने गर्दछन् । यसमा खुसी अलिक भिन्न छिन् । उनले दर्शक नचाउँन ‘काली छु कि गोरी..’ गाएकी छिन् । यस गीतमा दर्शक छमछम् नाचेर मजा लिन सक्छन् । अर्को गीत ‘कति मिठो..’ मा मौलिक स्वर पस्केकी छिन् । गीत सुनीरहौं लाग्ने बनेको छ ।
गायिका खुशी हक्की स्वभाव कि छिन् । ठूला ठूला आँखा, खाई लाग्दो ज्यान अनि मुस्कुराई रहने बानी नामले सुहाएको छ । उनी नाम जस्तै छिन् खुसी । उनको आवाज सुन्दा नेपाली संगीत जगतमा खुशीको दरिलो उपस्थीति रहने कुरामा ढुक्क हुन सकिन्छ ।