समदर्शी संचार, सोमबार, ३१ जेठ, २०७८, साँझको ०६:२१ बजे
गायिका निरन्ता नेम्बाङले लकडाउन बाबजुट ‘लाम्देम्बा मिम्जी’ पालम सार्वजनिक गरेकी छिन् ।
पछिल्लो समयमा लिम्बु समुदायको संस्कृतीमा आधारित पालम, हाक्फारे साम्लो गाएर लोकप्रियता हासिल गर्दै गरेकी नेम्बाङले आफ्नै शब्द र लय संकलनमा पालम सार्वजनिक गरेकी हुन् । गायनमा गायक सुमन लिब्बुले साथ दिएका छन् ।
काठमाण्डौमा रहेको स्टुडियो किङमा रेकर्ड गरिएको सो पालममा मनोज साङसोन राईले संगीत संयोजन गरेका छन् । सुरेश राईले रेकर्डिङ गरेको पालमको अडियो सम्पादन राजु कार्कीले गरेका छन् । स्टुडियो कपी भिडियो छायाङ्कन जस्केले कृएशनको रहेको छ ।
पालमको शब्दमा अधुरो प्रेम कथा समावेश गरिएको छ । जसमा आफ्नो प्रेमीले प्रेमिकालाई आधाबाटोमा छोडेपछि प्रेमी समक्ष पोखेका गुनासोहरु समेटिएको छ । पालममा प्रेमीको सम्झनामा जीवन विताईरहेकी प्रेमिकाको मायावी दुखेसो मार्मिक शैलीमा सुन्न सकिन्छ ।
गायिका निरन्ताको अफिसियल च्यानलमा सार्वजनिक गरिएको भिडियो हेर्नका लागि यो लिङकमा लगइन गर्नुहोस् ।
लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...
समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...
दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...
बिर्तामोड, बैशाख ५। शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद...
हाम्रो बारेमा
समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।