मङ्गलबार, १३ चैत, २०८० 

चीनदेखि आईपुग्यो ९ लाख खोप, जेठ २५ बाट खोप अभियान सुरु गरिने

चीन सरकारले दिएको अनुदान स्वरूप दिएको १० लाखमध्ये ९ लाख खोप मंगलबार काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ८ लाख र एक लाख हिमालय एयरलायन्सले तिब्बतको केरुङबाट लिएको हो । बाँकी एक लाख बुधबार ल्याउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ ।

चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल नामक खोप नेपाललाई अनुदानको रूपमा दिएको हो । यो खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेको छ । चीन सरकारले नेपालमा पछिल्लोपटक थप १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एक साता नबित्दै ९ लाख खोप आइसकेको हो । प्राविधिक कारणले एकैदिन ल्याउन नसकिएको थप १ लाख खोप पनि हिमालय एयरलायन्समार्फत ल्याइनेछ ।

चीनले अनुदान स्वरूप दिएका १० लाख खोपमध्ये ८ लाख चीनको केन्द्रीय सरकारले र २ लाख चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपलब्ध गराएको हो । बुधवार नै थप २ हजार अक्सिजन सिलिण्डर नेपाल आइपुग्दैछ । यसअघि १५ सय गरी ३५ सय वटा सिलिण्डर आइपुग्नेछ । २ लाख खोपबाहेक अन्य स्वास्थ्य सामग्री पनि तिब्बतले सहयोग गरेको महाशाखाले जनाएको छ ।

जेठ २५ देखि खोप अभियान सुरु हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले चीनबाट खोप आएलगत्तै खोप अभियान २५ गतेदेखि सुरु गर्ने निर्णय भएको बताएका छन् । २५ गतदेखि देशभरका खोप लिन बाँकी ६० देखि ६५ वर्ष उमेर समूहलाई दिइनेछ । चीन र अमेरिकाबाट खरिदबाट खोप आउने सम्भावना रहेको कुराप्रति संकेत गर्दै खोप प्रक्रिया निरन्तर अघि बढ्दै जाने मन्त्री त्रिपाठीले जानकारी दिएका छन् ।

‘खोप आउँदै गर्छ, खोप दिँदै जान्छौं,’ उनले भने । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार पाँच दिनभित्र सबै जिल्लामा पठाउने र २५ गतेदेखि खोप अभियान सुरु गर्ने निर्णय भएको छ । यसअघि ६५ वर्ष माथिकालाई ६३ जिल्लामा र १४ जिल्लामा ५५ वर्षमाथिकालाई खोप दिइसकिएको छ । चीनबाट आएको १० लाख खोपमध्येमा ५ लाख मात्र दिने तयारी भएको छ । चीनबाट थप खोप आउने निश्चित भएपछि बाँकी सबैलाई लगाइने महाशाखा प्रमुख तारानाथ पोखरेलले बताए । नेपालमा ६० देखि ६४ वर्षका ८ लाख ५० हजार जनसंख्या रहेको तथ्यांक छ ।

३० प्रतिशत पुग्यो कोरोना संक्रमण दर

गत चौबिस घण्टामा नेपालका कोरोना संक्रमण दर ३० प्रतिशत रहेको छ । अघिल्लो दिन सोमबारको तुलनामा ३ प्रतिशत बढी हो भने नेपालमा कोरोना चुचुरोमा पुगेको अवधि अर्थात् एक महिनाअघिको भन्दा १६ प्रतिशत कम हो । एक सातादेखि ३० देखि ३४ प्रतिशतभित्र कोरोना संक्रमणको दर देखिएको छ ।

गत चौबिस घण्टामा परीक्षण भएका २० हजार १ सय ६५ वटा नमुनामध्ये ६ हजार ८५ जनामा कोरोना पुष्टि भएको हो । थपसहित नेपालका कोरोना संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ । तीमध्ये ३ लाख १५ हजार ९ सय ४८ जना दोस्रो लहरयता दुई महिनाको अवधिमा मात्र संक्रमित भएका हुन् ।

गत चौबिस घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि घटेको छ। एक महिनाअघि संक्रमण तीव्र भएको बेलामा दैनिक मृत्युदर २ सय ४०/४५ को हाराहारीमा रहेकोमा केही सातादेखि एक सय १० देखि वरपर रहँदै आएको थियो । मंगलबार मृत्यु संख्या घटेर ६८ पुगेको हो ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।