बिहिबार, १५ चैत, २०८० 

जसपा नेपाल प्रदेश १ ले सरकारलाई दियो चुनौती

अध्यादेश मार्फत ल्याएको अािर्थक वर्ष २०७८/०७९ को बजेट अलोकतान्त्रिक भएको भन्दै जनता समाजवादी पार्टी प्रदेश १ समितिले प्रेस विज्ञप्ती जारी गरेको हो ।

विज्ञप्तीमा, असंवैधानिक र स्वेच्छाचारी कदममार्फत केपी शर्मा ओली नेतृत्वको काम चलाउ सरकारले संसदीय अभ्यासमा जनताका प्रतिनिधिले मात्रै कर निर्धारण गर्ने वा खारेज गर्ने अधिकार राख्दछन् भन्ने समेत हेक्का नराखी अध्यादेशबाट बजेट ल्याउने कदमले एकातिर संसदीय मर्यादाको खिल्ली उडाउने काम गरेको छ भने अर्कोतिर विदेशी ऋण थोपरेर मुलुकलाई थप धरासायी बनाउने दुस्प्रयास गरिएको आरोप लगाइएको छ ।

जनताको नाशो प्रतिनिधि सभा (संसद्) बिघटन गरेर अध्यादेशबाट बजेट ल्याउने अलोकतान्त्रिक कदमको जनता समाजवादी पार्टी नेपाल प्रदेश समिति, प्रदेश नं १ ले घोर निन्दा र भत्र्सना गरेको विज्ञप्तीमा उललेख छ ।

बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमाले पार्टीको चुनावी घोषणा–पत्र झैं ओली सत्ताको महत्वकांक्षी र पार्टीका नेता कार्यकर्ता लक्षित नीति कार्यक्रमहरु प्रस्तुत गरेर सत्ता कब्जाको संकेत दिदै पहिचानजनित, मौलिक, साँस्कृतिक र समुदायगत आस्था र विश्वासहरुलाई नै दुत्कार्ने र लल्कार्ने पुरानै ओली नीतिलाई निरन्तरता दिन खोजिएको प्रति समितिले आपत्ती जनाएको छ ।

विज्ञप्ती मार्फत नीति तथा कार्यक्रमको बुँदा नं ३०४ मा ‘कोशी नदीको चतारादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइने छ’, भन्ने शव्दावली उल्लेख छ । काइते भाषा प्रयोग गरिए पनि यसले पुनः प्रधानमन्त्री ओलीले गत २०७७ फागुन ८ गते बिराटनगरमा आयोजित एमालेको आमसभाबाट किराती समुदायको मुन्धुमी आस्थाको केन्द्र खुवालुङलाई क्रेन लगाएर भत्काउने भनी दिएको अभिव्यक्तिलाई नै कार्यान्वयन गर्न खोजिएको प्रष्ट हुन्छ । ओली सत्ताको यस प्रयासलाई जुनसुकै मूल्यमा पनि सफल हुन नदिने चेतावनी दिएको छ ।

नीति तथा कार्यक्रमको बुँदा नम्बर ३५६ मा ‘सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल र चुहानडाँडा विमानस्थललाई आङछिरिङ शेर्पा विमानस्थल नामाकरण गरिने छ’, भनी उल्लेख गरिएको प्रति ध्यानाआर्कषण गर्दै ओली सत्ताको यो निर्णयले सुकेटार विमानस्थल निर्माणको इतिहासलाई उपेक्षा गरी योगदानकर्ता पक्षको मर्म र भावनामाथि समेत चोट पुर्याएको र हेलिकप्टर दुर्घटनामा मारिनु भन्दा बाहेक रविन्द्र अधिकारी र आङछिरिङ शेर्पाले सुकेटार विमानस्थल र चुहानडाँडा विमानस्थलको लागि, यहाँको स्थानीय समाजिक–राजनीतिक–आर्थिक क्षेत्रमा कुनै योगदान नपुर्याएकोले स्थानीय जनताको अपेक्षा विपरीत मनोमानी तवरले गरिएको यो निर्णय तत्काल फिर्ता लिन र सुकेटार विमानस्थल र निर्माणाधीन चुहानडाँडा विमानस्थको नाम यथावत कायम गर्न जोडदार माग गेरेका पनि विज्ञप्तीमा उल्लेख रहेको छ ।

विज्ञप्तीमा २०६६ सालमा अन्तर्राष्ट्रियस्तरको आदिवासी रंगाशाला र स्मृतिपार्क निर्माण गर्ने सहमति अनुसार तत्कालीन रक्षामन्त्री र हाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास गरिएको यस परियोजनालाई असफल पार्न २०७२ सालमा पुरानो सहमति विपरित रङ्गाशालाको नाम मदन भण्डारी राख्ने र विवाद उत्पन्न गर्ने कार्य केपी शर्मा ओलीबाट भएपनि आदिवासी रङ्गाशाला बाहेकको कुनै पनि विकल्प स्थानीय आदिवासी जनजाति समुदायले नमान्ने चट्टानी अडान लिएको समेत उल्लेख गरिएको छ ।

समितिले अध्यक्ष प्रविण चाम्लिङद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमार्फत आगामी दिनमा ओली सर्वसत्तावादका विरुद्ध हुने जस्तोसुकै संघर्ष र प्रतिरोधका लागि सदैव तयार रहन आफ्ना पार्टी मातहतका राष्ट्रिय समितिहरु, जिल्ला समन्वय समितिहरु, गाउँ तथा नगर समितिहरु र तमाम पार्टी कार्यकर्ता, जनवर्गीय संगठनहरुलाई यसै विज्ञप्तिमार्फत निर्देशनसहित अनुरोध समेत गरेको छ ।

जनता समाजवादी पार्टी नेपाल प्रदेश १ ले जारी गरेको विज्ञप्तीः

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।