शुक्रबार, ०७ बैशाख, २०८१ 

कोरोनाबाट मृत्यु भएकाका परिवारलाई सरकारले एक लाख दिने

कर्णाली प्रदेश सरकारले कोरोनाका कारण मृत्यु भएकाका परिवारलाई एक लाख रुपैयाँ राहत दिने भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषमार्फत कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिइन् ।

‘सामाजिक विकास मन्त्रालयले कोरोनाका कारण मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन आवश्यक कार्यविधि र मापदण्ड बनाउने छ,’ प्रवक्ता केसीले भनिन्, ‘उक्त कार्यविधि र मापदण्डभित्र रहेर प्रदेश विपद् व्यवस्थापन कोषमार्फत मृतकका परिवारलाई एक–एक लाख रुपैयाँ उपलब्ध गराइने छ ।’ कोरोनाका कारण हालसम्म कर्णालीमा ५७ जनाले ज्यान गुमाएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै कर्णालीमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

प्रदेश सरकारले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन सर्वदलीय÷सर्वपक्षीय निर्देशक समिति र सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यान्वयन समिति गठन गर्ने निर्णय गरेको छ ।

‘कोभिड १९ रोकथाम र व्यवस्थापन गर्न आपसी समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले मुख्यमन्त्रीज्यूको संयोजकत्वमा सर्वदलीय÷सर्वपक्षीय निर्देशक समिति गठन गर्ने निर्णय भएको हो,’ मन्त्रिपरिषद्का निर्णय सुनाउँदै प्रवक्ता केसीले भनिन्, ‘यस्तै सामाजिक मन्त्रालयका सचिवको नेतृत्वमा कार्यान्वयन समिति गठन गरिएको छ ।’

प्रदेश सरकारले अक्सिजन सिलिण्डर र आपूर्तिका लागि प्रत्येक जिल्ला अस्पताललाई एक–एक करोड रुपैयाँ उपलब्ध गराएको छ । यस्तै प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी अस्पताल रुकुमलाई पनि एक–एक करोड रुपैयाँ निकासा दिइएको छ ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध शीर्षकमा रहेको ५० करोड रुपैयाँ प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गरेर कोभिडसँग सम्वन्धीत समस्या समाधान गर्न खर्चिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।