आइतबार, ०६ साउन, २०८१ 

कामना साथी मार्ट शुरु

दमकमा कामना साथी मार्ट संचालनमा आएको छ ।

गत बैशाख ११ गते शनिबार देखि दमक १ बेल्डांगी रोड (वाया पट्टि) मा कामना साथी मार्ट संचालनमा आएको हो ।

पहिलो चरणको कोभिड १९ महामारीको चपेटा पछि पुनः नया उत्साहका साथ युवा व्यवसायीहरुले कामना साथी मार्ट सुरुवात गरेका हुन् । स्थानिय बासिन्दाको आवश्यकतालाई मध्यनजर गर्दै दैनिक जीवनमा उपभोग गरिने सामग्रीहरु एउटै छानामुनी सुपथ मुल्यमा उपलब्ध गराउँने उदेश्यले सो मार्ट संचालनमा ल्याईएको संचालक लभ बिक्रम आङ्बुहाङ ले जानकारी गराउँनु भयो ।

नेपाल मै केही गर्ने सोच अनि स्थानिय बासिन्दालाई व्यवसायीक सेवा प्रदान गर्ने मुख्य उदेश्यले कामना साथी मार्ट सुरुवात गरिएको संचालक विष्णुमाया आङ्देम्बेले बताउनुभयो ।

कामना साथी मार्टमा छिरेपछि दैनिक जीवनमा आईपर्ने खाद्य अथवा उपभोग्य सम्पूर्ण सामग्रीहरुको सम्पूर्ण आवश्यकता पुरा गर्न सकिन्छ । मार्टमा किचन सामग्रीहरुमा बाल्ट्रा, होम ग्लोरी र डाइमन कम्पनीका राइस कुकर, इलेक्ट्रिकल जार, ओभन, एलेक्ट्रिकल स्टोभ (चुला), प्रेशर कुकर, हटकेश, थर्मस लगायत सम्पूर्ण सामग्री उपलब्ध छन् ।

सौन्दर्य सामग्रीहरुमा पोन्ड्स, लोटस, भिएल सिसि कम्पनिका मोस्चराइजर क्रिम, एन्टि रिङ्कल क्रिम , वाइट ब्युटी क्रीम, सनब्लक लोसन साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सामग्रीहरु उपलब्ध छन् ।

नवजात शिशुका लागि आवश्यक पर्ने बेबि सेम्पो, पेम्पस लगायत सम्पूर्ण सामग्री तथा बालबालिकाहरुका लागि सबै प्रकारका खेलौनाहरु र स्कुल सामग्रीहरुपनि उपलब्ध रहेका छन् ।

धरानको ड्राइमिट, ससेस जस्ता विशेष परिकार पनि मार्टमा उपलब्ध छन् । स्वदेशी तथा बिदेशी ब्राण्डका सबै किसिमका पेय पदार्थहरु समेत विषेश छुटमा पाइन्छ ।

एक करोडको लगानीमा संचालन गरिएको कामना साथी मार्टमा यसै क्षेत्रमा लामो अनुभव संगालेका, विभिन्न संघ संस्थामा रहेर सामाजिक सेवा, शैक्षिक सेवामा समर्पीत हुदै आउनुभएका संचालकहरु लभ बिक्रम आङ्बुहाङ, बानु सुब्बा, दिपेश आङ्बुहाङ, नुगेनहाङ आङ्बुहाङ, चेतन आङ्देम्बे र बिष्णुमाया आङ्देम्बेको संयुक्त लगानी रहेको छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।