मङ्गलबार, १२ साउन, २०७८ 

कुनैपनि जातिको भाषा संस्कृती राष्ट्रको अमुल्य नीधि हुन् – थेगीम

डकेन्द्रसिं थेगीम, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय अध्यक्ष हुन । उनी अहिले राष्ट्रिय जनगरणा २०७८ मा किरात धर्म लेखौ अभियानको नेतृत्व गर्दै देश दौडाहामा निस्किएका छन् । महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका थेगीम फाकफोकथुम गाउँपालिकाका पूर्व स्रोत व्यक्ति हुन । प्रस्तुत छ समदर्शी सञ्चार अनलाईन पत्रिकाले उनीसँग किरात धर्मको वर्तमान अवस्था सम्बन्धी गरेको कुराकानी

किरात धर्मको उत्पती र पृष्ठभूमीबारे बताई दिनुहोस न ।
किरात धर्म सृष्टि सँगसँगै उत्पती वा विकास भएको प्राचीन धर्म हो । मुन्धुमले ईम्बीमेन् कुसङ मेन् खाम्लुङगेन कुवात् मेन्लो । ओत् तागेरा निङवाभूमाङ साप्योक लिङयोक्ले कुयोक्लो अर्थात यो धर्म नयाँ नौलो नभई उनै सृष्टिका धनी तागेरा निङवाभूमाङ बाटै रुपरेखा तयार भएको हो भनेर वर्णन गरेको छ । तसर्थ प्रकृतिको सृष्टि सँगसँगै भएको धर्म भएकोले किरात धर्मलाई कसै कसैले प्रकृति धर्म पनि भन्ने गर्दछन् । त्यसैले वास्तवमा भन्ने हो भने प्रकृति सृष्टिलाई सम्मान गर्ने, प्रकृति सृष्टि र मानव बीचको अन्तरसम्बन्ध आदिमकाल देखि नै व्याख्या गर्ने प्रकृतिपूजक धर्म नै किरात धर्म हो सबै प्रकृतिपूजक किरात धर्मावलम्बी हुन् । किरात धर्मको पृष्ठभूमि प्रकृति सृष्टि र यसका मालिक उनै ओत् तागेरा निङवाभूमाङ परमात्मा परमेश्वर हुन् ।

जनगणना २०७८ को तयारी कस्तो छ ?
आगामी २०७८ को राष्ट्रिय जनगणनाको तयारी वृहत छ । राष्ट्रिय जनगणा २०७८ मा “किरात धर्म लेखौं” महाअभियान समिति गठन भएको छ । यस अभियान समितिले सारा आदिवासी जनजाति किरात समुदायलाई धर्मको महलमा “किरात धर्म” लेख्न लेखाउन किरातजन्य संघ संस्थाहरुसँग समन्वय गर्दै देशव्यापी रुपमा अभियान संचालन गरेको छ ।

किरात धर्म लेख्नु पर्ने कारणहरु ?
किरात धर्म लेख्नु पर्ने कारणमा पहिलो कारण धर्म भन्ने कुरा व्यक्ति वा समुदायको पहिचान र अस्तित्वसंग जोडिने भएकोले सो पहिचान र अस्तित्वको निरन्तरताको लागि “किरात धर्म” लेख्नु पर्छ । दोस्रो– धर्म राज्यसत्ता र शक्तिको स्रोत भएकोले राज्यसत्ता पहुँच पुर्याउँन । तेस्रो– राज्यमा “किरात धर्म” को वलियो उपस्थिति देखाई राज्यबाट प्राप्त हुने सेवा सुविधाहरु प्राप्त गर्न आदि

नेपालको जनसंख्याको कति हिस्सा किरात धर्मावलम्बीहरु छन् ?

११ औं राष्ट्रिय जनगणना २०६८ मा नेपालको कूल जनसँख्या २,६४,९४,५०० मध्ये किरात धर्मको तथ्यांक ८ लाख ११ हजारको हाराहारी थियो । तर २०५८ को जनगणनामा भन्दा ७ हजार घटेर आएको थियो । त्यसैले सरकारी तथ्यांकमा यसरी संख्या घटेर आउनुले गर्दा किरात धर्मावलम्बी तथा किरात सहुदायले धेरै शंका उपशंका उठाएका छन् ।

विश्व शान्ति तथा मानव एकताको नारा छ अहिले विश्वमा किरात धर्मको अवस्था कस्तो छ ?
किरात धर्मको मूल नारा सत्य, अहिंसा, विश्वशान्ति तथा मानव एकता हो जहाँ असत्य र अहिंसाले मानिसमा क्रोध, लोभ, घमण्ड जन्मन्छ जसले समाज राष्ट्र र विश्वमा अशान्ति निम्तिन्छ । किरात धर्मले एउटा मानवले अर्को मानव प्रति सम्मान, आदर, प्रेम र सद्भाव देखाउने, विश्वका मानवका सृष्टिकर्ता एकै हुन् । मानिस विभिन्न भूगोलमा बसेका कारण विभिन्न रंग वर्ण भए पनि उही हुन् । कोही सानो ठूलो छुत अछुत हुँदैन भन्ने सन्देश दिएर विश्व मानव एकतामा बल पुर्याएको छ, जुन विश्वशान्ति सँग जोडिन्छ । अहिले किरात धर्म सिङ्गो मानव जातिको मानववादी धर्मको रुपमा विकसित हुँदै गएकोले नेपाल लगायत भारत, भुटान, वर्मा, वहराइन, हङकङ, वेलायत, अमेरीका अष्ट्रेलिया डेनमार्क, नर्वे, क्यानडा आदि मुलुकहरुमा विस्तार भइरहेको छ ।

२०७८ को जनगणनामा किरात धर्मले कस्तो स्थान ओगट्ला ?
अहिलेको अवस्थामा हिन्दु बौद्ध र इलाम पछि किरात धर्म चौथो स्थानमा रहेको छ । आगामी ०७८ को जनगणनामा एक तह माथि जाने विश्वास छ । अहिले सम्ममा पूर्वमा इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथूम, ताप्लेजुङ, धनकुटा र पश्चिममा सिन्धुली, नवलपरासी र पोखरासम्म अभियान पुर्याएका छौं क्रमश ः खोटाङ, भोजपुर, संखुवासभा, बसिथाक, ओखढुङगा हुँदै काठमाण्डौं र थरुहट क्षेत्रसम्म अभियान पुर्याउने लक्ष छ ।

अन्त्यमा केही कुरा भन्न बाँकी छ ?
अन्त्यमा के भन्न चाहन्छु भने नेपालमा बसोबास गर्ने आदिवासी समुदाय राई, लिम्बू, मगर, गुरुङ, शेर्पा, तामाङ, सुनुवार, याखा, हायु, चेपाङ, थामी, जीरेल, नेवार, थकाली, भोटे, कुमाल, माझी, दनुवार, दरई, वोटे, राउटे, राजी, थारु, राजबंशी, गनगाई, मेचे, कोचे, धिमाल आदिको धर्म किरात धर्म हो । यी जातीहरु मध्ये कतिपयले विभिन्न कारणले आफ्नो धर्म संस्कृति, संस्कार भुल्दै गएका र कतिपय लोपोन्मुख अवस्थामा पुगेका छन् । तसर्थ यी सबैले धर्मको महलमा “किरात” लेखि आ–आफ्नो परम्परागत संस्कार संस्कृति र भाषा बचाउने तर्फ लाग्नु पर्छ । स्थानीय र केन्द्र सरकारले विविध जात जातिको भाषा, संस्कृतिलाई संरक्षण गर्न विशेष ध्यान पुर्याउनु पर्छ किनकि हरेक जातिको भाषा संस्कृति राष्ट्रको अमुल्य नीधि हुन् ।

सम्बन्धित समाचार

‘कल्चरल’ गायक जेपी नेम्बाङ

‘बसे लेउँ लाग्छ, हिडे छेऊ लाग्छ ।’ यो भनाईले गायक जेपी नेम्बाङको जीवनमा मेल खान्छ । लामो संघर्ष र गहिरो साधना पछि नेम्बाङको साँगीतिक यात्राले मेसो पाएको छ । पान्थरको फाक्तेपमा सामान्य परिवारमा उनी जन्मिए...

मरी सकेको सपनाले पुर्न जीवन पायो– निरन्ता नेम्बाङ

गायिका निरन्ता नेम्बाङको चर्चा चुलिँदो छ । उनले २०७६ मा गायनमा डेब्यु गरिन् । पहिलो गीत थियो– ‘माया जालमा परेपछि ।’ जसमा राज आँसु लिम्बुको शब्द रचना एवं उदिम राईको संगीत सुन्न सकिन्छ । नेपाली...

तर पनि ‘आइ लभ यु ओली बा’ !

बालुवाटारबाट ‘बा’ले बारम्बार ‘ताजा जनमत’को नाममा जनमतकै अवमूल्यन गरे । सार्वभौम संसदलाई निहीत स्वार्थमा दुई पटकसम्म घाट पुर्याए । उनै ‘बा’लाई बालकोट पुर्याउन २ हजार गाडी र २५ सय मोटरसाइकले स्कटिङ गर्ने केटो महेशहरूको ल्याकत...

मुस्कुराई रहने गायिका ‘खुशी’

गायिका खुशी थुलुङ राई, आफ्नो जन्म गाउँ सन्दकपुर इलाम छोडेर साँगीतिक धरातलमा भविष्य रोप्न राजधानी छिरेको ७ वर्ष भयो । सन्दकपुरको काखमा नाचेर विताएको बाल्यकालको सम्झना खुब आउँछ उनलाई । सानो छँदाको रुची नृत्यमा थियो...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।