बिहिबार, २७ भदौ, २०८१ 

नेताहरुले भाषण मात्रै गरे, अब म बनाउँछु काठमाडौं – राजेश हमाल

यो वर्ष अभिनेता राजेश हमाल निक्कै चर्चामा रहे । कलाकार दिपाश्री निरौलाले एक अन्तर्वातामा राजेश हमाल महाायक होइन भनेपछि वर्षभरी नै कलाकारहरु विच वैचारिक विमर्स चल्यो ।

त्यो गसिब सेलाउन नपाउ“दै अभिनेता हमालले राजनीतिमा आउने इच्छा व्यक्त गरेको कुरा चर्चामा आउन थालेको छ । काठमाडौं महानगरको सौन्दर्यलाई कसैले ध्यान नदिएपछि उनले आफु आफु राजनीतिमा आउनु पर्छ की भन्ने आसय व्यक्त गरेका हुन ।

अभिनेता हमालले आफ्नो एक भ्लग मार्फत नेताहरूले भाषण गरे पनि व्यवहारमा उतार्न नसकेको उल्लेख गरेका छन् ।

काठमाडौं शहरलाई व्यवस्थित बनाउन कसैको ध्यान नपुगेको उनको बुझाई छ । नेताहरुले काम भन्दा कुरा धेरै गरेका कारण काठमाडौं बन्न नसकेको उनको विचार छ ।

भिडियोमा हमालले भनेका छन्, ‘एकचोटि काठमाडौं सहरको मेयर बन्नु पो पर्छ कि क्या हो’ । आगामी वैशाख ३० गते एकैचरणमा स्थानीय तहको चुनाव हुदैछ ।

त्यसैअनुसार निर्वाचन आयोगले मतपत्र छपाईलगायतका काम अगाडि बढाइसकेको छ ।

चुनाव नजिकिदै गर्दा विभिन्न व्यक्तिले आफूलाई उम्मेदवारका रूपमा उभ्याउने क्रममा हमाल पनि आएका हुन् ।

 

सम्बन्धित समाचार

साथी सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

शिवसताक्षी १, धरमपूर बजार स्थीत साथी बहुउदेश्य सहकारी संस्था लि.ले आज तेस्रो वार्षिक साधरण सभा सपन्न गरेको छ । संचालक समिति अध्यक्ष दिल बहादुर लिम्बुको अध्यक्षता, शिवसताक्षी वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको...

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।