शुक्रबार, ०९ चैत, २०८० 

धर्मको महलमा किरात लेख्नुपर्छ – चेम्जोङ


देबेन्द्र चेम्जोङ, किरात याक्थुङ चुम्लुङ् दमक नगर समितिमा अध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन् । आगामी ०७८ बैशाख १० गतेको अधिवेशन मार्फत पदिय जिम्मेवारी हस्तातरण गर्ने तयारीमा रहेका छन् । २०५४ सालदेखि किरात याक्थुङ चुम्लुङमा आबद्ध भई विभिन्न पदको जिम्मेवारी सम्हालेका चेम्जोङले वडा अध्यक्ष (२०५४), दमक नगर सदस्य (२०५७), सचिव ०५९, उपाध्यक्ष २०७० हुदै जिल्ला कार्यसमितिका सदस्य, सहसचिव, कार्यवाहक सचिव, केन्द्रय पार्सद लगायत पदको जिम्मेवारी सम्हाल्दै २०७५ देखि दमक नगर अध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रस्तुत छ उनीसँग किरात याक्थुङ चुम्लुङको वर्तमान अवस्थाबारे समदर्शी सचार अनलाईन पत्रिकाका लागि प्रकाशक देशराज नेम्बाङले गरेको कुराकानीको सारसंक्षेपः

किरात याक्थुङ चुम्लुङ हुनु र नहुनुमा के फरक छ ?
किरात याक्थुङ चुम्लुङले लिम्बू समुदायलाई सही मार्गमा हिड्न प्रेरित गरेको छ । चुम्लुङले लिम्बू समुदायलाई धामिर्क, आर्थिक र वैचारिक रुपमा एउटै धरातलमा उभ्याएर अघि बढाउँने भुमिका निर्वाह गरिरहेको छ । चुम्लुङले लिम्बू समाजलाई एउटै सुत्रमा बाधेर अघि बढाउँने संस्था भएकोले किरात याक्थुङ चुम्लुङ नहुदा लिम्बू समाज भताभुङ्ग अवस्था पुग्छ । कार्यदिशा विहिन हुन्छ भन्ने लाग्छ ।

लिम्बू संस्कार संस्कृतीको जगेर्ना गर्नको लागि चुम्लुङले कस्तो भुमिका निर्वाह गर्दै आएको छ ?

मानविय जीवनमा विभिन्न विधाहरु हुन्छन् । ती सम्पूर्ण विधाहरुमा लिम्बू समुदायलाई चुम्लुङले अगाडि बडाउँने प्रयत्न गरिरहेको अवस्था हो । धार्मिक आस्था, राजनैतिक आस्था बोकेका साथीहरुले त्यसैलाई नै सर्वश्रेष्ठ मान्दै आएकोले गर्दा चुम्लुङ केही ओझेलमा परेको छ । यद्यपी चुम्लुङले लिम्बु समुदायको भाषा, लिपि, संस्कार, संस्कृती, परम्परा, रितिरिवाजलाई लोप हुन नदिनको लागि विभिन्न कार्यक्रम गर्दै ती सबै मौलिकतालाई जगेर्ना गर्ने कार्यक्रम गर्दै आएको छ ।

चुम्लुङले राष्ट्रिय जनगरणा २०७८ मा कसरी सहभागी हुने निर्णय लिएको छ ?
यो जनगरणा २०७८ मा लिम्बु समुदायलाई एकै सुत्रमा बाध्नको लागि धर्मको महलमा किरात, जातिको महलमा लिम्बु, भाषाको महलमा लिम्बु र लिपिको महलमा किरात श्रृजङ्गा लिपि लेख्नुपर्छ भन्ने निर्णय गरेको छ र यसै अनुरुप चुम्लुङले विभिन्न स्थानहरुमा प्रशिक्षण कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

लिम्बू समुदायमा किरात धर्म र युमा धर्म विचमा वैचारीक मत भिन्नता आएको देखिन्छ । चुम्लुङले यसलाई समन्वय गर्ने जमर्को गरेको छ कि छैन ?
यसविषयमा किरात याक्थुङ चुम्लुङले स्पष्ट धारणा सार्वजनिक गरिसकेको अवस्था हो । लिम्बू समुदायले किरात धर्म नै लेख्नुपर्छ भनेर विभिन्न स्थानहरुको जागरण अभियानहरु संचालन पनि गर्दै ने आएको छ । नेपाल सरकार र आदिवासी जनजाति विच जुन किसिमको वैचारिक अन्तरसंघर्ष हुदै आएको छ । त्यसलाई परास्त गर्नको लागि किरात धर्म लेखेर धार्मिक रुपमा मजबुद हुने अभिप्रायले साथै ऐतिहासिक पृष्टभूमिलाई अध्ययन गर्दा पनि लिम्बू समुदाय किरात सभ्यता किरात धर्म कै अनुयायी हो भन्ने पाईएकोले यस विषयमा एकमत भएर जानपनि चुम्लुङले पटक पटक आग्रह गर्दै आएको छ ।

दमक नगर कार्यसमितिमा तपाईको कार्यकाल कस्तो रह्यो ?
यस कार्यकालमा सोचे जस्तो उपलब्धी हासिल गर्न सकिएन । यद्यपी कोभिड १९ को महामारीको बाबजुट पनि च्याबु्रङ प्रशिक्षण, भाषा प्रशिक्षण लगायतका केही उपलब्धीमुलक कार्यक्रमहरु गर्न सफल भएका छौं । लिम्बू समुदायका युवा युवतीहरुलाई लोकसेवा आयोगका लागि तयारी कक्षा संचालन गराउँने योजना अधुरो रहन पुग्यो । दमक क्षेत्रमा रहेका लिम्बूहरुको बारेमा समेटिएको स्मारिका प्रकाशन गर्ने कार्य पनि अधुरो रहेको छ । यी अधुरा रहेका योजनाहरु आउँदो कार्यसमितिका लागि प्रस्ताव पेश गर्ने सोचमा छौंं ।

दमक नगर समितिको जिम्मेवारी हस्तान्तरण गर्दैगर्दा आउँदो कार्यसमितिका लागि कस्तो सन्देश छोड्नु हुन्छ ?

सर्वप्रथम दमकमा रहेका लिम्बू समाजको विषयमा सबै विषय समेटिएको तथ्याङ्क परक स्मारिका प्रकाशनको लागि सुझाव प्रदान गर्छु । यसका लागि विभिन्न रुपमा सहयोग गर्न पनि तयार छु । यसका साथै भाषा, लिपि, संस्कार, संस्कृतीको जगेर्ना गर्न लागि पर्न अनुरोध गर्दछु । किरात याक्थुङ चुम्लुङका लागि जीवन नै समर्पीत गरेको हुनाले आगामी दिनमा कार्यसमिति बाहिर रहेर पनि तदारुकताका साथ सहयोग गरिरहने कुरामा पनि विश्वस्त गराउँन चाहन्छु ।

यो पनि पढ्नुहोस्

किरात याक्थुङ चुम्लुङ दमक नगरको १० औं अधिवेशन नजिकिदै
दमक, १५ चैत । लिम्बू समुदायको प्रतिनिधित्व गर्र्दै आएको संस्था किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको दशौ अधिबेशन आगामी बैशाख १० गते हुने भएको छ ।

चुम्लुङ दमक नगर समितिको शुक्रवार बसेको बैठकले अधिबेशनको मिति तय गर्दै अधिवेशनका लागि आवश्यक तयारी सम्बन्धी विभिन्न निर्णय गरेको अध्यक्ष देवेन्द्र चेम्जोङले जानकारी दिए । यस अघि अधिवेशनका लागि वैशाख ३ गते मिति तोकिएको भएपनि आन्तरिक व्यवस्थापनका कारण बैशाख १० गतेका लागि सार्नु पर्ने भएको उनले बताए ।

अध्यक्ष चेम्जोङका अनुसार दमकमा रहेको किरात भवनमा हुने अधिबेशन चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमको प्रमुख आतिथ्यतामा हुने छ ।
अधिबेशन उद्घाटन कार्यक्रममा चुम्लुङले लिम्बू समुदायको हितमा योगदान पुरयाँउने व्यक्तित्वहरुलाई समेत सम्मान गर्ने निर्णय गरिएको जनाईएको छ । बैठकले चुम्लुङका पूर्व अध्यक्षहरु लोकप्रसाद कन्दङवा,गुमानसिंह सम्बाहाम्फे, लिम्बू भाषा तथा साहित्यमा सेसेमी से–नाल्वो ,सञ्चार उद्यमीका रुपमा मेहरमान लिङदेन, पत्रकार विष्णु सुब्बा ,ज्येष्ठ सदस्यहरु लगायत उत्कृष्ठ व्यवसायी, एवं शैक्षिक सत्र २०७४ देखि २०७७ सम्मको अवधीमा स्नातककोत्तर उर्तिण गर्ने दमक विद्यार्थीहरुलाई सम्मान गरिने निर्णय भएको अध्यक्ष चेम्जोङले जानकारी दिएका छन् । अधिबेशन भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको जनाईएको छ ।।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।