शनिबार, ०८ बैशाख, २०८१ 

क्यान्सर रोगी पूर्णकुमारले सहयोगका लागि याचना गरे

सिनाम १ ताप्लेजुङ निवासी ५२ वर्षिय पूर्ण कुमार थेवेलाई घाँटीको क्यान्सर भएको छ । १९ महिना अघि हात्तीवन क्यान्सर अस्पताल काठमाण्डौंले उनलाई क्यान्सर भएको रिर्पोट दिएको थियो । त्यसपश्चात उनको घाँटीको अप्रेसन गरियो । उपचार कै क्रममा उनले भक्तपूर क्यान्सर अस्पतालमा १४ महिना विताए । दुवै अस्पतालमा करिव २२ महिना उपचारका क्रममा बेदेशिक रोजगारमा भएका आफन्तहरुले पठाएको रकम र आफनो जायजेथा बेचविखन गरेरेको रकम ८० लाख सकियो ।

त्यसपछि थप उपचार गर्न आर्थिक कठिनाई भएको कारण मनकारीहरु समक्ष सहयोगको अपिल गर्नु पर्ने बाध्यता आईपरेको उनकी श्रीमती सिर्जनाले बताएकी छिन् । घाँटीमा थाइराइट भएको कारण तत्काल अप्रेसन गर्नुपर्ने बिर्तामोडको बि एण्ड सी अस्पतालले जनाएको छ तर आर्थिक कठिनाईको कारणले अपे्रसन गर्न असमर्थ हुदै आएको उनकी श्रीमतीले बताएकी छिन् ।

सिर्जना माखिमसँग विवाह गरेका उनको २ सन्तान छन् । १ छोरा १ छोरी । १५ वर्षिय छोरा साम्जिकहाङ दमकमा रहेको पृथ्वी मा.वि.मा कक्षा ८ मा र १२ वर्षिय छोरी सेसेहाङमा सिम्ले हाईस्कूलमा कक्षा ५ मा अध्ययनरत छिन् । पूर्ण कुमारलाई क्यान्सर लागेसँगै उनको छोराछोरीको पढाईमा अन्योलता छाएको छ । उपचारका क्रममा आफुसँग भएको जायजेथा सकिएपछि अहिले नाताले भतिज पर्ने आफन्तकोमा बसेर उपचार गराउँदै आईरहेका छन् ।

समदर्शी टिभी टिमसँगै विरामीको अवस्था बुझ्न गएका किरात याक्थुङ चुम्लुङका दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङले रु ५ हजार ५ सय रुपैया सहयोग प्रदान गरेर सहयोग संकलन सुरुवात गरेका थिए । विरामीलाई सहयोग गर्नको लागि उनको श्रीमती सिर्जना लिम्बूको नाममा संचालित बाणिज्य बैंक दमक शाखाको खाता नं २१४०१०००२६५१९०१० मा रकम जम्मा गर्न सकिनेछ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।