बुधबार, २३ असोज, २०८१ 

किरात याक्थुङ चुम्लुङको प्रशिक्षण कार्यक्रम सम्पन्न

चैत ९, दमक । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति झापाले आज संगठन तथा राष्ट्रिय जनगरणा प्रक्षिक्षण कार्यक्रम २०७७ को आयोजना गरेको हो ।
चुम्लुङको दमक नगरसमितिले व्यवस्थापन गरेको झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षता, चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमको प्रमुख आतिथ्यतामा दमकमा रहेको किरात भवनमा सम्पन्न भएको हो ।

मजबुद विश्वसनिय लिम्बु जनसंख्या निर्माणका लागि जनगरणामा सबै सहभागी बनौं भन्ने नाराको साथमा सम्पन्न भएको सो कार्यक्रममा स्वागत मन्तव्य राख्दै चुम्लुङका दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङले सबै लिम्बु जातिहरुले जातको महलमा लिम्बू, धर्मको महलमा किरात र भाषाको महलमा लिम्बू लेखाउन आग्रह गरेका थिए ।

केन्द्रिय अध्यक्ष वनेमको प्रमुख प्रशिक्षणमा सम्पन्न भएको सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष्यहरु कमल तिगेला, याम योङहाङ , केन्द्रीय सदस्य बिष्णु देवी चेम्जोङ, राष्ट्रिय सदस्य गुमानसिङ सम्बाहाङफे , प्रदेश सदस्य इक्सा सम्बाहाङफे लगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रमका केहि तस्बीरहरुः

सम्बन्धित समाचार

साथी सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

शिवसताक्षी १, धरमपूर बजार स्थीत साथी बहुउदेश्य सहकारी संस्था लि.ले आज तेस्रो वार्षिक साधरण सभा सपन्न गरेको छ । संचालक समिति अध्यक्ष दिल बहादुर लिम्बुको अध्यक्षता, शिवसताक्षी वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको...

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।