दमक, ४ चैत्र । आदिवासी जनजाति साहित्यकार महासंघ, नेपालको पहिलो राष्ट्रिय भेला चैत ७ र ८ गते ललितपुर महालक्ष्मीस्थानमा रहेको यलाखिममा सम्पन्न हुने भएको छ ।
महासंघका संयोजक राजन मुकारुङबाट प्राप्त जानकारी अनुसार भेलाले महासंघको विधान पारित गर्ने छ । त्यस्तै प्राज्ञिक परिषद् समेत गठन गर्ने छ ।
दुई दिने भेलाबाट महासंघको घोषणा पत्र जारी हुनेछ ।
भेलाको उदघाटन मन्तव्य अदिवासी जनजाति महिलाको सवाल बारे कैलाश राईबाट हुने जनाइएको छ ।
त्यस्तै बन्दसत्रमा डा. तारालाल श्रेष्ठले आदिवासी सौन्दर्यशास्त्रको महत्व र आवश्कता बारे र अमृत योन्जनबाट नेपालमा मातृभाषाको सवाल विषयक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
भेलाको आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको संयोजक मुकारुङले बताए । अहिलेसम्म महासंघको लिम्बुवान, तामसालिङ, तमुवान, थरुहट, मगरात, कोइँच राज्य समिति गठन भैसकेको छ भने कोरिया र जापान प्रवास समिति गठन भैसकेको छ ।
बुधबार नेवा र बिहीबार किरात राज्य समिति विस्तार हुने महासघले जनाएको छ ।