बुधबार, ०५ बैशाख, २०८१ 

खुवालुङ संरक्षणका अभियन्ताहरु भर्खरै रिहा

खुवालुङ संरक्षण अभियान्ताहरु दिनेश काम्दुङ खुम्बू र साजन राई विना सर्त रिहा भएका छन् ।

किरातीहरुको आस्थाको धरोहर एवं साँस्कृतिक बिम्मलाई एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले भत्काएर भएपनि पानीजहाज चलाउने अभिव्यक्ति दिएपछि खुवालुङ संरक्षण अभियानमा जुटेका दिनेश काम्दुङ खुम्बू र साजन राईलाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले सप्तकोशी क्षेत्रमा बोट सञ्चालन गरिरहेकाहरूको उजुरीका आधारमा दिनेश र साजनलाई २७ फागुनमा पक्राउ गरेको थियो । छलफलका लागि भन्दै प्रहरीले बराह क्षेत्र नगरपालिका– १ का वडाध्यक्ष सुरेश श्रेष्ठलाई पनि बोलाएको बताएको छ ।

समितिकी सचिव दिला राईले बिहीबार एक विज्ञप्ति जारी गरी निदेश र साजनलाई २४ घटाभित्र बिनासर्त रिहा गर्न अल्टिमेटम दिएकी थिइन् । पक्राउ गरिएका अभियन्तालाई २४ घण्टाभित्र रिहा नगरे खुवालुङ संरक्षणका पक्षधर संघसंस्थाले निर्णायक आन्दोलन गर्ने चेतावनी समेत दिएको थियो ।

जेटबोट सञ्चालकहरूले अरुण, तमोर र दूधकोशीको त्रिवेणीमा रहेको खुवालुङ क्षेत्रमा जेटबोट लैजान नमान्दा जेटबोट सञ्चालक र दिनेशबीच सामान्य विवाद भएको थियो । सोही विवादका आधारमा प्रहरीले दिनेश र साजनलाई पक्राउ गरेको थियो ।

अभियान्ताहरुको रिहापछि आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले फेसबुक स्टाटस लेख्दै भनेका छन्ः ‘‘खुवालुङ संरक्षण आन्दोलनका अभियान्ता दिनेश काम्दुङ खम्बु र साजन राई आज रिहा हुनु भएको छ । राज्य आतङ्क विरुद्ध खबरदारी गर्ने सबै पत्रकार, नागरिक समाज र आम समुदायमा हार्दिक आभार र बधाई ज्ञापन गर्दर्छौ ।’’ मुकारुङले यस अघि पनि किराती भावनामा ठेसपुग्ने अभिव्यक्ति दिनेले सार्वजनिक रुपमा माफी माग्नुपर्छ भन्ने आवाज उठाउँदै आएका छन् ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।